एसियाली खेलकुदको तयारी र व्यवस्थापनका लागि सचिवालय स्थापना « Khabarhub

एसियाली खेलकुदको तयारी र व्यवस्थापनका लागि सचिवालय स्थापना


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसियाली खेलकुदको तयारी र व्यवस्थापनका लागि राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौंको त्रिपुरेश्वरमा सचिवालय स्थापना गरेको छ ।

चीनको होङझावमा आयोजना हुने १९ औं एसियाली खेलकुदको तयारी सहभागिता र व्यवस्थापनका स्थापना गरिएको सचिवालय कार्यालयको खेलकुद मन्त्री डिगबहादुर लिम्बुले उद्घाटन गरे । सचिवालय उद्घाटन गर्दै मन्त्री लिम्बुले खेलकुद क्षेत्रको विकासका लागि भएका नीति नियमलाई कार्यान्वयन गर्नुपर्ने बताए ।

उनले यस क्षेत्रमा बजेट कम हुन नलिन आफू लागेको भन्दै विवाद नभई समन्वयकारी भूमिका निर्वाह गर्दै काम गर्न राखेपलाई निर्देशन दिए । उनले एसियाली खेलकुदको राम्रो व्यवस्थापनको तयारी भइरहेको भन्दै स्वार्थभन्दा मागी उठेर काम गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै राखेप सदस्य सचिव टंकलाल घिसिङले एसियाली खेलकुदलाई सरकारले प्राथमिकतामा राखेको भन्दै तयारीलाई चुस्त बनाउन सचिवालय स्थापना गरिएको जानकारी दिए । उनले धेरै खेलको खेलाडी छनोट भइसकेको अवस्थामा विशेष प्रशिक्षणको तयारी भइरहेको बताए । विशेष तालिमका लागि विशेष योजना तयार गरि कार्यान्वयन गर्ने गरि अघि बढ्ने उनले बताए ।

सदस्य सचिव घिसिङले एसियन गेम्समा नेपालले २९ खेलमा सहभागिता जनाउने उल्लेख गरे ।  आगामी असोज ६ गतेबाट एसियाली खेलकुद सुरु हुँदै छ ।

 

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  २ : ४९ बजे

क्यानाडाली वस्तुमा ट्रम्पको थप शुल्क, व्यापार विवाद चर्किँदै

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद थप चर्काउँदै

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र

प्रधानमन्त्री बालेनले तीनै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै, प्रधानसेनापतिलाई भेटे 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

बनेपा– काभ्रेका बाढीपीडितको समस्या सरकारी प्रक्रियाकै अल्झनमा बेरिएपछि उनीहरु बाढीपहिरोले