बजेटले बालविकासका शिक्षकको समस्या सम्बोधन गर्न नसकेको गुनासो « Khabarhub

बजेटले बालविकासका शिक्षकको समस्या सम्बोधन गर्न नसकेको गुनासो


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक सङ्घले आर्थिक वर्ष २०८०-८१ को बजेटले बाल विकासमा कार्यरत शिक्षकको समस्या समाधान गर्न नसकेको बताएको छ ।

सङ्घका महासचिव ज्ञानेन्द्रबहादुर रावलले एक विज्ञप्ति जारी गरी बजेटले विद्यालयमा कार्यरत कर्मचारीको समस्या सम्बोधन गर्न नसकेको बताएका हुन् ।

सङ्घले शिक्षक अस्पताल निर्माणका लागि बजेट विनियोजन नगरेको, राहत, अस्थायी, करार साविक उच्च माविमा कार्यरत शिक्षक, शिक्षक सिकाइ अनुदानमा कार्यरत शिक्षक, स्थानीय सरकारबाट नियुक्त शिक्षकको व्यवस्थापनमा पूर्णता बेवास्ता गरेको बताएको छ ।

बजेटले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक सम्बन्धमा बजेट मौन रहेको, शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट विनियोजन नभएको, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले निरन्तरता नपाएको महासचिव रावलले बताए ।

आधारभूत तहमा अनिवार्य र निःशुल्क शिक्षा तथा माध्यामिक तहमा अनिवार्य शिक्षासम्बन्धी संवैधानिक व्यवस्थालाई बजेटले पूरै बेवास्ता गरेको सङ्घले जनाएको छ । यसैगरी बजेट विद्यार्थीलाई दिवा खाजा अनुदान अपर्याप्तताबारे मौन रहेको र अन्य कक्षाका विद्यार्थीलाई पनि खाजा सुविधा नगरिएको सङ्घले जनाएको छ ।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ३ : १० बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा