लण्डनबाट नेपाली फिल्म ‘सिद्धार्थ’ को घोषणा « Khabarhub

लण्डनबाट नेपाली फिल्म ‘सिद्धार्थ’ को घोषणा


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लण्डनबाट नयाँ नेपाली फिल्म ‘सिद्धार्थ’ को घोषणा भएको छ । यसअघि ’कैदीको पत्र’ निर्देशन गरेका सनमकुमार वैरागीले निर्देशन गर्ने यो फिल्म बीस प्रतिशत बेलायतमा र बाँकी नेपालमा छायांकन हुने बताइएको छ ।

भिजन संसार र स्रित फिल्म एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने यो फिल्म घोषणाको लागि नेपालबाट निर्माताद्वय श्रीदेव बिएल र शारदा खड्का अर्याल बेलायत पुगेका थिए । फिल्ममा नेपालबाट श्रीदेव र शारदको साथमा दिनेश केसी र युकेबाट दिल घले र नवीन थापा निर्माता रहेका छन् ।

सन् २०२४ को सुरुवातमा फ्लोरमा जाने यो फिल्मको लागि क्याप्टेन विजय लामा, पृथ्वीराज केसी र बिभिया श्रेष्ठले अभिनयको टुंगो लागिसकेको छ भने अन्य कलाकारको छनोट बाँकी नै रहेको निर्माता बिएलले बताए ।

घोषणा कार्यक्रममा यती नेपाली एशोशियसका पूर्व अध्यक्ष उमेशराज मोक्तान, फिल्म निर्माता तथा निर्देशक कपिल रिजाल, निर्माता निकेश लिम्बु, पूर्व काउन्सिलर भगवानदास चौहान, प्राध्यापक रुपक श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ४ : ३८ बजे

अकबरे खुर्सानीमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

भोजपुर– भोजपुरमा व्यावसायिक रूपमा लगाइएको अकबरे खुर्सानीमा ‘कोत्रे’ (डढुवा) रोगको

आज ६० बढी जिल्लामा फ्ल्यास फ्लडको जोखिम : कहाँ कति खतरा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले बिहीबार देशका ६०

काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

काभ्रे– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकका १२ स्थानीय तहमा पालिका

बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने

लमजुङ– बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, १३ यात्रु सकुशल

डोल्पा – नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको