दीगो पर्यटनमा जोड दिँदै पाटा शिखर सम्मेलन सम्पन्न « Khabarhub

दीगो पर्यटनमा जोड दिँदै पाटा शिखर सम्मेलन सम्पन्न


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कास्की – पर्यटकीय नगरी पोखरामा आयोजित एसिया प्रशान्त क्षेत्रका ट्राभल सङ्घ–संस्थाको छाता संंस्था प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) इन्टरनेशनलको ‘वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्ट–२०२३’ दीगो पर्यटनमा जोड दिँदै सम्पन्न भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बोर्ड, पाटा इन्टरनेशनलको मुख्य आयोजना एवं पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को संयोजनमा यही जेठ १६ गतेदेखि पोखरामा सम्मेलन सुरु भएको थियो । चार दिनसम्म सञ्चालित सम्मेलनमा वक्ताले आर्थिक विकासका लागि दीगो पर्यटन र प्रवर्द्धनका लागि प्रविधिकरण आवश्यक भएको बताए । समयसापेक्ष पर्यटन विकास र प्रवर्द्धनका लागि प्रविधिकरणलाई सँगसँगै अघि बढाउनुपर्ने उनीहरुले बताए।

कोरोना प्रभावित पर्यटन विस्तारै लयमा फर्किन थालेको भन्दै वक्ताहरूले आर्थिक मन्दीलगायत समस्याले पनि पर्यटन क्षेत्र प्रभावित बनेको र पूर्ववत् अवस्थामा फर्कन करिब एक वर्ष कुर्नुपर्ने धारणा राखे ।

सम्मेलनमा विभिन्न २१ देशका अतिथि, पर्यटनका क्रेता र बिक्रेतासहित दुई सय ५० भन्दा बढीको सहभागिता थियो । मालदिभ्सका पर्यटनमन्त्री अब्दुल्ला मासुमसहित विभिन्न देशका पर्यटनविज्ञ प्राध्यापक डा वल्फजेन जर्ज अल्र्ट, प्राध्यापक अन यू लिउ, डा चियुत मित्रचोव, मातुक मासु युसुफ, मधुवनी पेरेरा, एन्ड्र्यु स्टेपलेज, मार्ट गिब्कस, हर्बट युम, मयुर पटेल, श्रीधर किपारगुन,रकि फिलिप्स, फ्लोरियन सेन्जस्टिसमेज, रोशाबेला योङ्ग, पीटर साइमोन, डा।धनन्जय रेग्मी, नन्दिन लाहे थापा, लिजा चोग्याल, राज ज्ञवाली,उप्युल मजुम्दार, विनीता के। शाक्य, लक्की क्षेत्री लगायतले पर्यटनका विविध आयामबारे धारणा राखेका थिए

सम्मेलनका अवसरमा पाटाको वार्षिक शिखर सम्मेलन, मुख्य कन्फ्रेन्स, पाटा मार्ट बिटुबी, युथ सिम्पोजियम र नेपालको पर्यटकीय गन्तव्यको भ्रमण अनुभव साटासाटलगायत कार्यक्रम भएको थियो ।

पाटा इन्टरनेशनलका अध्यक्ष पिटर साइमोनले नेपालले भव्य र व्यवस्थितरूपमा पाटा शिखर सम्मेलन तथा एडभेन्चर मार्ट आयोजना गरेकामा बधाई दिँदै सम्मेलनले नेपाललाई सुन्दर, सुरक्षित र साहसिक पर्यटनको गन्तव्यका रूपमा चिनाउन सघाउ पुग्ने बताए ।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ९ : ५६ बजे

सरकारले सिफारिस गरेका अध्यादेशबारे राष्ट्रपतिले आज संविधानविदहरूसँग परामर्श गर्दै

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय ज्याज दिवस मनाइँदैछ ।

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

लिस्बन– विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती पोर्चुगलमा

प्रशासनिक सुधारमा कठोर बन्दै सरकार : के भन्छन् प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार ?

काठमाडौँ – सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका