ढिलो विवाहले गर्भअवस्थामा मधुमेहको जोखिम « Khabarhub

ढिलो विवाहले गर्भअवस्थामा मधुमेहको जोखिम


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय गर्भवतीमा मधुमेहको समस्या देखिन थालेको छ। बिहे गर्ने उमेर बढेको र मानिसको जीवनशैलीमा आएको परिवर्तनले पनि यस्तो समस्या आएको हुनसक्ने महिला रोग विशेषज्ञले बताएका छन्। समयमा नै यसको उपचार नभए आमा र बच्चालाई खतरा हुनसक्छ। आफू र आफ्ना सन्तानको ज्यान जोखिममा राखेर बच्चा जन्माइरहेकाले पनि पछिल्लो समय मधुमेहको समस्या धेरै मात्रामा बढेको छ। अधिकांश महिलामा यो मधुमेह सुत्केरी भइसकेपछि हराउने गर्छ। तर, गर्भवती भएको अवस्थामा हुने यो मधुमेहले बच्चाको स्वास्थ्यमा कस्तो असर पार्छ ? आखिर किन हुन्छ त गर्भवतीमा मधुमेहको समस्या ? याो समस्याा हुँदा के गर्ने ? लगायतका विषयमा आधारित रहेर खबरहबका लागि गाइनोक्लोजिष्ट डा. जागेश्वर गौतमसँग गरिएको कुराकानीको सम्पादित अंशः

गर्भवतीमा मधुमेह किन हुन्छ त ?
विशेष गरेर गर्भवतीमा सुगर दुई प्रकारको हुन्छ। एउटा गर्भ बस्नु भन्दा पहिला सुगर नदेखिएको र पछि देखिएको हुन्छ। त्यसलाई हामीले डाइबेटिज मेलाइटेज भन्छौँ। र अर्को गर्भवती हुनु भन्दा पहिला सुगर नर्मल हुने र पछि बढ्ने हुन्छ। त्यसलाई हामी जिडियम भन्छौँ। इन्सुलेन्ट भन्ने हर्मन जुन सुगरलाई पचाउने हुन्छ। ती त्यो इन्सुलेन्टको विपरीतमा काम गर्ने हर्मन गर्भावस्थामा ओभरीबाट प्रशस्त बन्छ। त्यसैले सुगर देखिन्छ। धेरै जसोको यो डेलिभरी भएको ६ हप्ता तिर नर्मल हुन्छ। कसैकसैको पछि पनि रहन्छ। कसैकसैको डाइबेटिज मेलाइटेजको क्रियड हुन्छ। कसैको बाबा र आमामा डाइबेटिज छ भने गर्भावस्थामा नदेखिने पछि देखिने हुन्छ। तर, अरू बेला छैन र गर्भावस्थामा मात्र बढ्यो भने त्यो नर्मल हुन्छ।

मधुमेहको जोखिम कस्ता महिलामा हुनसक्छ ?
मधुमेह विशेष गरेर तीस वर्षभन्दा बढी उमेरमा गर्भधारण भएकी महिलामा हुनेगर्छ। पछिल्लो समय यो बढ्नुको कारण ढिलो विवाह बनेको छ। महिलाले आफ्नो करियर भनेर ढिलो विवाह गर्छन्। जसले गर्दा स्वास्थ्यमा समस्या देखिने हुन्छ। यो पहिला परिवारका अन्य सदस्यमा मधुमेह भएको अवस्थामा पनि हुनसक्छ। गर्भवतीमाा आनुवंशिक अत्यधिक मोटो भएमा पनि हुन्छ। पहिलो सन्तानको डेलिभरीको समयमा बच्चाको तौल चार किलो भन्दा बढी भएको अवस्था छ भने पनि त्यस्तो महिलामा सुगर हुनसक्छ।

आफूलाई मधुमेह भएको छ वा हुँदैछ है भनेर कसरी थाहा पाउने ?
सामान्य रूपमा यो गर्भावस्थाको मधुमेहको संकेत देखिँदैन। जसलाई सजिलै पत्ता लगाउन सकिँदैन। तर कुनै सामान्य लक्षणबाट गर्भावस्थामा मधुमेह भएको हो कि भनी थाहा पाउन सकिन्छ। जस्तो गर्भवतीलाई अरु समयको तुलनामा बढी थकान लाग्ने गर्नु, मुख सुख्खा भइरहनु, धेरै तिर्खा लागेको जस्तो हुने, धेरै वा पटकपटक पिसाब आउने, कुनै पनि सङ्क्रमित रोग एक पटक लागे पनि पटकपटक दोहोरी रहने, आँखा धमिलो देख्ने हुन्छ। यस्तो लक्षण देखा परेमा तुरुन्त अस्पतालमा गएर महिला रोग विशेषज्ञलाई भेट्नुपर्छ।

पहिलो सन्तान जन्माउँदा सुगर भए दोस्रो बच्चा जन्माउन मिल्छ ?
मिल्छ। तर, डाइबेटिज म्यानेज गर्नु पर्दछ। गर्भावस्थामा डाइबेटिज भयो भने हामी इन्सुलिन दिएर कम गराउँछौं। अरू औषधि दिँदैनौँ। किनकी हामीले रगत जाँच गर्ने बेला ठिक छ। अरू बेला बढ्यो भने पनि बच्चालाई असर गर्दछ। बच्चामा हाइपोथर्मिया हुन सक्छ। महिना नपुगी बच्चा बिग्रिने डर हुन्छ। पेटमा नै बच्चा मर्ने सम्भावना हुन्छ। त्यसैले राम्रोसँग सुगर कन्ट्रोल गर्नु पर्दछ।

पहिलो सन्तान हुँदा सुगर भयो भने त्यो पछि निको हुने सम्भावना कति हुन्छ ?
पहिलो सन्तान हुँदा सुगर भयो भने त्योपछि ९६ प्रतिशत जतिमा नर्मल हुन्छ। गर्भावस्थामा भएको डाइबेटिज पछि आफै निको हुन्छ। तर पटकपटक बच्चा बिग्रिएको छ भने जेस्टेसनल डाइबेटिज हुनसक्छ। त्यसैले सुगर जाँच गर्नुपर्छ।

गर्भवतीले कस्तो खाना खानु पर्दछ ?
डाइबेटिज खाना खाने गर्नुपर्छ। जस्तो : एउटा नर्मल मान्छेले १८०० क्यालोरी डाइट खानु पर्दछ र गर्भावस्थामा त्यो भन्दा ५०० देखि ७०० थप खाना खानु पर्दछ। ४० प्रतिशत प्रोटिन ३० प्रतिशत कार्बोहाइड्रेट। ३० प्रतिशत फ्याट र अरू मिनिरलहरू मिलाएर खानु पर्दछ। बिरामीको तौलको आधारमा पनि खानुपर्दछ। अरू बेला भन्दा त्यो बेला धेरै खानु पर्दछ किनभने बच्चालाई पनि डाइट चाहिन्छ।

के खानु हुँदैन त ?
गर्भवती महिलाले धूम्रपान गर्नु हुँदैन। अझ राम्रो त धूम्रपान गर्ने व्यक्तिको वरपर पनि बस्नु हुँदैन। त्यसैगरी प्रशोधित खाने कुरा, नपाकेका खानेकुरा र धेरै दिनदेखिको बासी खानेकुराहरू सेवन गर्नु हुँदैन। यसैगरी गर्भवतीले तिर्खा नै नलागे पनि पर्याप्त मात्रामा पानी पिउनुपर्छ।

यस्तो समस्या नहोस् भनेर के के कुरामा ध्यान दिने ?
गर्भवती भएको महिनादेखि नै नियमितरुपमा आफ्नो स्वास्थ्य परीक्षण गराउनुपर्छ। नियमित रूपमा व्यायाम गर्नुपर्छ। दैनिक रूपमा थोरै हिँड्ने बानी गर्नुपर्छ। सन्तुलित भोजन गर्ने गर्नुपर्छ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ७ : ०० बजे

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली