प्रदेश प्रमुख खापुङसमक्ष मधेसी आयोग वार्षिक प्रतिवेदन पेस « Khabarhub

प्रदेश प्रमुख खापुङसमक्ष मधेसी आयोग वार्षिक प्रतिवेदन पेस


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

मोरङ– मधेसी आयोगले कोशी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आज आफ्नो सातौँ वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका सदस्य रेणुदेवी साहले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा  आयोजित कार्यक्रममा प्रमुख खापुङ समक्ष सो प्रतिवेदन पेस गरेकी हुन् ।

नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन बुझाइएको हो ।

प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै मधेसी जनताको हकहित, संरक्षण, प्रवर्द्धन र सुरक्षा एवं सो समुदायमा देखिएको समस्या समाधान गर्न आयोगले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

आयोगले सरकारी सेवामा मधेसीहरूको प्रतिनिधित्व वृद्धि गर्न आवश्यक प्रशिक्षण कार्यक्रम गरेकामा उनले खुसी व्यक्त गरे । प्रमुख खापुङले हिमाल, तराई, पहाडमा बसोबास गर्ने नेपाली जनताबीच एकता कायम गरी राष्ट्रियता संवर्द्धन गरी राष्ट्रिय एकता बलियो बनाउन आयोगले गरेको कार्यप्रति प्रशंसा व्यक्त गरे ।

आयोगकी सदस्य साहले आयोगमा उक्त वर्ष ३७ वटा उजुरी प्राप्त भएको सो उजुरीउपर सम्बन्धित निकायमा उजरीकर्ताबीच छलफल गरी पीडितलाई सहजता प्रदान गरेको जानकारी गराए ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ६ : ४७ बजे

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको