चीनमा निर्माण क्षेत्रको गतिविधि डिसेम्बर यताकै कमजोर « Khabarhub

चीनमा निर्माण क्षेत्रको गतिविधि डिसेम्बर यताकै कमजोर


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनको सेवा उद्योग र निर्माण क्षेत्र विगत ६ महिना यताकै सबैभन्दा कमजोर देखिएको छ । 

चीन सरकारले शुक्रबार जारी गरेको तथ्याङ्कअनुसार सेवा उद्योग र निर्माण क्षेत्रको गतिविधि गत डिसेम्बर यताकै कमजोर देखिएको हो । 

गैरउत्पादन पर्चेजिङ म्यानेजर्स सूचकांक (पीएमआई)का अनुसार मे महिनामा ५४ दशमलव ५ बाट ५४ दशमलव २ मा झरेको बताएको छ । ‘गैरउत्पादन पर्चेजिङ म्यानेजर्स’ सेवा र निर्माण क्षेत्रको सेन्टिमेन्टलाई मापन गर्ने सूचकांक हो ।

यस्तै उपसूचांक पनि खस्किएको छ । यो महिना ५२. प्रतिशत पुगेको छ ।

चीनको अर्थतन्त्रका लागि सेवा क्षेत्र महत्वपूर्ण मानिन्छ । यसले जीडीपीको ५८ प्रतिशत र रोजगारीको ४८ प्रतिशत योगदान गर्दछ ।

उपभोक्ताको खर्चले प्रेरित सेवा र निर्माण क्षेत्रले यो वर्षको पहिलो आधामा चीनको अर्थतन्त्र वृद्धिदर कायम राखेको बताइएको छ ।

यस्तै, तथ्यांकमा औद्योगिक कारखाना गतिविधिको प्रमुख सूचक उत्पादन पीएमआई जुन महिनामा ४९ पुगेको जनाइएको छ । यो मे महिनाको तुलनामा सामान्य सुधार हो ।

५० भन्दा माथिको पीएमआई रिडिङले विस्तारलाई संकेत गर्दछ । तर त्यो स्तरभन्दा तलको कुनै पनि कुराले संकुचन देखाउँछ । (यो समाचार चिनियाँ समाचार पोर्टल ‘क्यूजेड डटकम’ ले प्रकाशित गरेको छ ।)

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  १० : ५८ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि