मेयर बालेन विश्वका मेयरहरुको संगठनको सदस्यमा निर्वाचित « Khabarhub

मेयर बालेन विश्वका मेयरहरुको संगठनको सदस्यमा निर्वाचित


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह विश्वका मेयरहरूको साझा संगठन ‘वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज’ सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका छन् ।

उनी दुई वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् । उनको कार्यकाल सन् २०२४ देखि २०२६ सम्मको हुनेछ ।

मेयर साहले उक्त जिम्मेवारीमा रहँदा सदस्यहरूको सभाले तोकेका दिशानिर्देशहरू पूरा गर्नुपर्ने हुन्छ ।

वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज सन् १९८५ मा स्थापना भएको हो । यसले विश्वभरका राजनीतिक नेताहरू, नीति निर्माताहरू र व्यवसायीहरूबीचको एकता मार्फत् महानगरीय हितहरूको वकालत गर्न काम गर्दछ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  १२ : ३१ बजे

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९