ललिता निवास जग्गा प्रकरणमा मेरो कुनै स्वार्थ छैन : डा. भट्टराई « Khabarhub

ललिता निवास जग्गा प्रकरणमा मेरो कुनै स्वार्थ छैन : डा. भट्टराई


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।

ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्री भट्टराईको पनि नाम जोडिएपछि आज सामाजिक सञ्जाल ट्वीटरमार्फत स्पष्टीकरण दिँदै उनले उक्त प्रकरणमा आफ्नो कुनै स्वार्थ नजोडिएको बताए ।

भ्रष्टाचारजन्य सबै काण्डहरुको निष्पक्ष छानविन गरी दोषीमाथि कारबाही हुनुपर्ने समेत बताएका छन् ।

उनले सबै कुरा अहिले आफूलाई सम्झना नभएको बताउँदै लेखेका छन्, ‘राज्यको समरजंग कम्पनीको नाममा दर्ता भएको करिब तीन रोपनी जग्गा गुठीको भन्ने भएकाले वास्तविक तथ्यप्रमाण अभिलेख जाँचबुझ गरी नियम अनुसार गर्ने वा यस्तै आशयको नीतिगत निर्णय भएजस्तो लाग्छ । यो कुरा मैले अख्तियारको टोलीले केही वर्ष पहिले लिएको बयानमा पनि भनेको छु । तत्कालीन प्रमको हैसियतले मसँग जोडिएको कुरा यत्ति हो ।’

उनले कसैले आफ्नो दाग छोप्न अरूमाथि हिलो छ्याप्न नहुने बताए। उनले भने,‘बरू यो र यस्ता प्रकरणको छिटो टुंगो लागोस् ताकि आम जनतालाई गुड र गोबर छुट्याउन सहज होस्; अनि कसैले आफ्नो दाग छोप्न अरूमाथि हिलो छ्याप्न नपाओस् !’

भ्रष्टाचार गर्नेहरुलाई कारबाही गर्नुपर्छ भनेर आफूले संसद र बाहिर पनि आवाज उठाइरहेको स्पष्ट पार्दै पूर्वप्रधानमन्त्री भट्टराईले यसमा आफू आजीवन प्रतिबद्ध रहेको बताएका छन् ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  १ : २८ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ २० गते मंगलबार फागुन

आज २०८२ साल माघ २० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २० गते मंगलबार फागुन

सिक्लेसमा एकै महिनामा पाँच हजार ५३ पर्यटक

गण्डकी – सन् २०२६ को जनवरीमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा

झापामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

झापा – यहाँको गौरादह नगरपालिका—४ मा आज साँझ ट्र्याक्टर दुर्घटना