राजनीतिक क्रान्तिको काम सकियो, अब जनताको जीवन समृद्ध बनाउनुपर्छ : अध्यक्ष नेपाल | Khabarhub Khabarhub

राजनीतिक क्रान्तिको काम सकियो, अब जनताको जीवन समृद्ध बनाउनुपर्छ : अध्यक्ष नेपाल


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई यो देश र सरकारको अगुवाई गर्ने कम्युनिष्ट नेताको रुपमा पाएको टिप्पणी गरेका छन् ।

आइतबार भक्तपुरमा नारायणविलास जोशीको ३४औं स्मृति दिवसको सन्दर्भमा आयोजित नारायणविलास जोशी स्मृति प्रतिष्ठान भवन उद्घाटन एवं प्रतिमा अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रचण्डलाई सरकारको अगुवाई गर्ने कम्युनिष्ट नेताको रुपमा आफूले पाएको टिप्पणी गरेका हुन् ।

उनले अहिले राजनीतिक क्रान्तिको काम सम्पन्न गरिसकेको भन्दै अब जनताको जीवन समृद्ध बनाउने जिम्मेवारीलाई पूरा गर्नुपर्ने बताए । उनले कम्युनिष्ट नेताको रुपमा प्रधानमन्त्री प्रचण्डले देशको समाजवादी यात्रालाई कसरी अघि बढाउने हो भन्ने चिन्तनमनन गर्नुपर्ने धारणा राखे ।

उनले सबैको ज्ञान अनुभवलाइ लिएर इमान्दारिताका साथ अघि बढ्ने हो भने अग्रज कम्युनिष्टहरुको सपना साकार पार्न सकिने बताए ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  २ : १६ बजे

विदेशमा रहेका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशिएका नेपालीले एक खर्ब

देशभर मौसम बदली, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इजरायल एक्लो बन्दै गएपछि नेतान्याहुले भने- आत्मनिर्भर बन्नु आवश्यक छ

जेरूसेलम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायल अन्तर्राष्ट्रिय एक्लोपनमा जान

हङकङमाथि श्रीलंकाको चार विकेटको जित

काठमाडौं – एसिया कप अन्तर्गत गएराति भएको खेलमा श्रीलंकाले हङकङलाई

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय