एमालेलाई प्रहार गरेर कोशीको समस्या हल हुँदैन : सचिव भट्टराई « Khabarhub

एमालेलाई प्रहार गरेर कोशीको समस्या हल हुँदैन : सचिव भट्टराई


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले नेतृत्वलाई प्रहार गरेर कोशी प्रदेशको समस्या हल नहुने बताएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले कोशी प्रदेशमा पहिचान पक्षधरसँग संवाद र छलफल गरेर समस्या हल गर्ने पक्षमा रहेको भन्दै एमाले नेतृत्वलाई प्रहार गरेर केहि नहुने बताए ।

उनले नेपाल बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएकाले सवैको भाषाभाषी, जातजातीलाई एमालेले स्वीकार गर्ने तर नेपाल राष्ट्र कुनै एउटा जातीको राष्ट्र नभएको बताए । एमाले सवैको साझा पहिचानको पक्षमा रहेको उनको भनाइ छ ।

उनले कोशी प्रदेशको नामकरणमा कसैको आपत्ति हुन सक्ने भएकाले संवैधानिक प्रक्रियाबाट भएको कुरालाई चित नबुझे अर्को संवैधानिक प्रक्रियाबाट बदल्न सकिने धारणा राखे । उनले समस्या समाधानका लागि संवादमा आउन पनि आह्वान गरे ।

त्यस्तै, माओवादी केन्द्रका सांसद माधव सापकोटाले कोशीको विषयमा साझा एजेण्डा बनाएर छलफलमा जाँदा मात्रै समस्या समाधान हुने बताए । कोशी प्रदेशमा संघर्ष समिति बनाएर नै आन्दोलन भइरहेको अवस्थामा कुनै दल विशेषको मात्रै आन्दोलन भनेर बुझ्न नहुने उनको भनाइ छ ।

सापकोटाले एमालेले कोशीको पक्षमा धेरै अडान लिएका कारण एमालेप्रति बढी विरोध भएको बताए । उनले बहुसंख्यक जनताको धारणा अनुसार विगतमा भएका त्रुटिलाई सच्चाउदै अघि बढ्नुपर्ने जिकिर गरे ।

त्यस्तै कांग्रेस सांसद रामहरि खतिवडाले कसैलाई आक्रमण गरेर समस्या समाधान नहुने भन्दै एमालेले पनि उग्र राष्ट्रवादीका नाममा एउटामात्रै पक्षमा अडान लिन नहुने र सत्तापक्षले पनि कसैलाई बाइपास गरेर जान नहुने बताए । खतिवडाले कोशीमा देखिएको समस्या वार्ताबाटै समाधान गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ६ : ४६ बजे

उपचारमा त्रुटि गर्ने दन्त चिकित्सक साह ७ दिनका लागि निलम्बित 

काठमाडौं– दन्त उपचारमा त्रुटि गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले

‘तपाईंले प्रत्येक पटक एक क्यान कोक पिउँदा आफ्नो जीवनको १२ मिनेट गुमाउनुहुन्छ’

काठमाडौं– चिनीयुक्त पेय पदार्थहरूले कलेजोमा बोसो जम्ने रोग, टाइप २

पूर्वाग्रह त्यागेर शून्यबाट नवीन यात्रा थाल्नुपर्छ : कांग्रेस नेता महर 

चितवन- नेपाली कांग्रेसका नेता नैनसिंह महरले ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई

स्वास्थ्य केन्द्र जाँदै गरेकी एक महिलाले बाटोमै जन्माइन शिशु 

कैलाली– कैलालीको दुर्गम क्षेत्र मोहन्याल गाउँपालिकामा एक महिलाले स्वास्थ्य केन्द्र

हङकङमा अल्ट्रा ट्रेल रनिङ : नेपाली धावक सन्तोष तामाङ दोस्रो

हङकङ– नेपाली अल्ट्रा ट्रेल रनिङ संघ, हङकङ (HKNUTRA)को आयोजनामा टाइमोसन