एमालेलाई प्रहार गरेर कोशीको समस्या हल हुँदैन : सचिव भट्टराई « Khabarhub

एमालेलाई प्रहार गरेर कोशीको समस्या हल हुँदैन : सचिव भट्टराई


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले नेतृत्वलाई प्रहार गरेर कोशी प्रदेशको समस्या हल नहुने बताएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले कोशी प्रदेशमा पहिचान पक्षधरसँग संवाद र छलफल गरेर समस्या हल गर्ने पक्षमा रहेको भन्दै एमाले नेतृत्वलाई प्रहार गरेर केहि नहुने बताए ।

उनले नेपाल बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएकाले सवैको भाषाभाषी, जातजातीलाई एमालेले स्वीकार गर्ने तर नेपाल राष्ट्र कुनै एउटा जातीको राष्ट्र नभएको बताए । एमाले सवैको साझा पहिचानको पक्षमा रहेको उनको भनाइ छ ।

उनले कोशी प्रदेशको नामकरणमा कसैको आपत्ति हुन सक्ने भएकाले संवैधानिक प्रक्रियाबाट भएको कुरालाई चित नबुझे अर्को संवैधानिक प्रक्रियाबाट बदल्न सकिने धारणा राखे । उनले समस्या समाधानका लागि संवादमा आउन पनि आह्वान गरे ।

त्यस्तै, माओवादी केन्द्रका सांसद माधव सापकोटाले कोशीको विषयमा साझा एजेण्डा बनाएर छलफलमा जाँदा मात्रै समस्या समाधान हुने बताए । कोशी प्रदेशमा संघर्ष समिति बनाएर नै आन्दोलन भइरहेको अवस्थामा कुनै दल विशेषको मात्रै आन्दोलन भनेर बुझ्न नहुने उनको भनाइ छ ।

सापकोटाले एमालेले कोशीको पक्षमा धेरै अडान लिएका कारण एमालेप्रति बढी विरोध भएको बताए । उनले बहुसंख्यक जनताको धारणा अनुसार विगतमा भएका त्रुटिलाई सच्चाउदै अघि बढ्नुपर्ने जिकिर गरे ।

त्यस्तै कांग्रेस सांसद रामहरि खतिवडाले कसैलाई आक्रमण गरेर समस्या समाधान नहुने भन्दै एमालेले पनि उग्र राष्ट्रवादीका नाममा एउटामात्रै पक्षमा अडान लिन नहुने र सत्तापक्षले पनि कसैलाई बाइपास गरेर जान नहुने बताए । खतिवडाले कोशीमा देखिएको समस्या वार्ताबाटै समाधान गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ६ : ४६ बजे

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९