अलपत्र यात्रुलाई खाजा र पानी वितरण « Khabarhub

अलपत्र यात्रुलाई खाजा र पानी वितरण


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएपछि अलपत्र परेका यात्रुहरूलाई उद्योग वाणिज्य सङ्घ मुग्लिन र होटल सङ्घ मुग्लिनले खाजा र पानी वितरण गरेका छन् । ती संस्थाले चाउचाउ, चिउरा र मिनरल वाटर निःशुल्क वितरण गरेका हुन् ।

ती दुई संस्थाको नेतृत्वमा मुग्लिनका स्थानीय व्यवसायीबाट सहयोग जुटाई यात्रुहरूलाई खाजा र पानी वितरण गरिएको उद्योग वाणिज्य सङ्घ मुग्लिनका अध्यक्ष कल्याण गुभाजुले बताए । केही यात्रुहरूले सो अभियानमा साथ दिएको उनले बताए।

यसैबीच मुग्लिनका होटलहरूमा अनुगमन गरिएको छ । यात्रुहरूबाट होटलले खाना तथा खाजाको मूल्य महँगो लिएको भन्ने गुनासो आएपछि अनुगमन गरिएको होटल सङ्घ मुग्लिनका अध्यक्ष राम श्रेष्ठले बताए ।

मुग्लिनका सबै होटलमा मूल्य सूची रहेकाले यात्रुहरू ठगिन नपर्ने सङ्घका अध्यक्ष श्रेष्ठले बताए । अनुगमनका क्रममा कतिपय होटलले मूल्य सूचीभन्दा कम मूल्यमा खाना खुवाएको समेत भेटिएको उनले बताए ।

उनले भने, “केही यात्रुबाट खाना महँगो भयो भन्ने गुनासो आएपछि हामीले अनुगमन गरेका छौँ, सबै होटलमा मूल्य सूची राखिएको छ, कतिपय होटलले मूल्य सूचीभन्दा कममा खाना खुवाएका छन्, हरेक होटलमा मूल्य सूची भएकाले यात्रुहरू ठगिन पर्दैन ।” कुनै होटलले मूल्य सूचीभन्दा बढी मूल्य लिए होटल सङ्घ मुग्लिनमा जानकारी गराउन उनले आग्रह गरे ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ११ : ०२ बजे

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली– यही असोज ८ गते बेलुकादेखि १० गतेसम्म परेको अविरल

फ्लाइ दुबईको पोखरा–दुबई उडान: सुरुआती दिनमै यात्रुक‍ो उत्साहजनक सहभागिता

गण्डकी – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गत बुधबारदेखि सुरु भएको फ्लाइ

आजदेखि सोह्र श्राद्ध सुरु, पितृको सम्झना गरिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध

मधेससहित पाँच प्रदेशमा भारी वर्षा, चितवनको माडीमा सबैभन्दा धेरै पानी पर्‍यो

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली – यही असोज ८ गते बेलुकादेखि ११ गते बिहानसम्म