अलपत्र यात्रुलाई खाजा र पानी वितरण « Khabarhub

अलपत्र यात्रुलाई खाजा र पानी वितरण


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएपछि अलपत्र परेका यात्रुहरूलाई उद्योग वाणिज्य सङ्घ मुग्लिन र होटल सङ्घ मुग्लिनले खाजा र पानी वितरण गरेका छन् । ती संस्थाले चाउचाउ, चिउरा र मिनरल वाटर निःशुल्क वितरण गरेका हुन् ।

ती दुई संस्थाको नेतृत्वमा मुग्लिनका स्थानीय व्यवसायीबाट सहयोग जुटाई यात्रुहरूलाई खाजा र पानी वितरण गरिएको उद्योग वाणिज्य सङ्घ मुग्लिनका अध्यक्ष कल्याण गुभाजुले बताए । केही यात्रुहरूले सो अभियानमा साथ दिएको उनले बताए।

यसैबीच मुग्लिनका होटलहरूमा अनुगमन गरिएको छ । यात्रुहरूबाट होटलले खाना तथा खाजाको मूल्य महँगो लिएको भन्ने गुनासो आएपछि अनुगमन गरिएको होटल सङ्घ मुग्लिनका अध्यक्ष राम श्रेष्ठले बताए ।

मुग्लिनका सबै होटलमा मूल्य सूची रहेकाले यात्रुहरू ठगिन नपर्ने सङ्घका अध्यक्ष श्रेष्ठले बताए । अनुगमनका क्रममा कतिपय होटलले मूल्य सूचीभन्दा कम मूल्यमा खाना खुवाएको समेत भेटिएको उनले बताए ।

उनले भने, “केही यात्रुबाट खाना महँगो भयो भन्ने गुनासो आएपछि हामीले अनुगमन गरेका छौँ, सबै होटलमा मूल्य सूची राखिएको छ, कतिपय होटलले मूल्य सूचीभन्दा कममा खाना खुवाएका छन्, हरेक होटलमा मूल्य सूची भएकाले यात्रुहरू ठगिन पर्दैन ।” कुनै होटलले मूल्य सूचीभन्दा बढी मूल्य लिए होटल सङ्घ मुग्लिनमा जानकारी गराउन उनले आग्रह गरे ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ११ : ०२ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच