अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि मुद्दैमुद्दा, बिहीबार अदालतमा हाजिर हुने | Khabarhub Khabarhub

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि मुद्दैमुद्दा, बिहीबार अदालतमा हाजिर हुने


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२० को निर्वाचन परिणाम उल्ट्याउन प्रयास गरेको आरोपमा विभिन्न ४ वटा अभियोग लगाईएको छ ।

४५ पृष्ठको अभियोगमा ट्रम्पविरुद्ध अमेरिकालाई धोका दिने षड्यन्त्र गरेको, आधिकारिक काम कारबाहीमा बाधा पुर्‍याएको, चुनावी परिणाम अनुमोदन गर्ने प्रक्रियामा अवरोधको प्रयास गरेको र जनताको अधिकारविरुद्धको षड्यन्त्र गरेको अभियोगपत्र दायर गरिएको हो ।

यी अभियोग सुनाउन वासिङ्टन डिसी अदालले ट्रम्पलाई भोलि अदालतमा हाजिर हुन भनेको छ । ट्रम्प जिल्ला न्यायाधीश तान्या चुटकन समक्ष हाजिर हुनु पर्नेछ ।

ट्रम्पमाथि आपराधिक अभियोग लगाइएको यो तेस्रो पटक हो । यसअघि ट्रम्पविरुद्ध गोप्य कागजातहरुको दुरुपयोग एवं व्यापार ठगीको आरोपमा मुद्दा चलिरहेको छ । आफ्नो बढ्दो कानूनी समस्याहरूको बावजुद राष्ट्रपति निर्वाचनको उम्मेदवारी दौडमा भने ट्रम्प अरुभन्दा अगाडि छन् ।

न्यूयोर्क टाइम्स र सिएनएन सर्वेक्षणले ट्रम्पलाई ५४ प्रतिशत समर्थनका साथ रिपब्लिकन उम्मेदवारीको दौडमा सबैभन्दा अगाडि देखाएको छ । अमेरिकी कानूनमा अपराधको आरोप लागेका व्यक्तिहरूलाई राष्ट्रपतिको उम्मेदवार हुन रोक्दैन ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  १० : २२ बजे

कांग्रेसको निष्कर्ष- अहिलेलाई एमालेसँगको गठबन्धनको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसले नेकपा एमालेसँगको गठबन्धनको अर्को विकल्प नरहेको निष्कर्ष

चार वर्षअघि बरामद गरिएको चालीस लाखभन्दा बढीको चिनी नष्ट

पाल्हीनन्दन– यहाँको पाल्हीनन्दन गाउँपालिका–१ स्थित महेशपुर भन्सार कार्यालयले ४० लाख

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवरको उम्मेदवारी

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्ष पदमा सन्तोष कुँवरले

जुम्लाको राक्से पाटनमा पहिरो जाँदा १३ भेडा पुरिए

कर्णाली– तातोपानी गाउँपालिका ८ जुम्लाको राक्सेस्थित पाटनमा पहिरो जाँदा चरिरहेका