बैतडीमा ‘लार्भा खोज र नष्ट गर’ अभियान | Khabarhub Khabarhub

बैतडीमा ‘लार्भा खोज र नष्ट गर’ अभियान


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा एक महिलामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । सिगास गाउँपालिका–६ थालाकाँडीका ३४ वर्षीया महिलामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार चालु आर्थिक वर्ष २०८०–८१ मा डेङ्गु सङ्क्रमण देखिएको यो पहिलो घटना हो ।

ज्वरो आएपछि शिवलिङ्ग स्वास्थ्यचौकीमा उपचारका लागि पुगेकी ती महिलाको रगत परीक्षण गर्दा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो। ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण फैलिन्छ ।

आफ्नो वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न र पानी भरेका ड्रम बेलाबेलामा सफा गर्न ध्यान दिन प्रमुख भट्टले आग्रह गरे ।

डेङ्गु भएमा उच्च ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, खान मन नलाग्ने, शरीरमा बिमिरा आउनेलगायत लक्षण देखन्छन् । यस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा गएर जाँच गराउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

बैतडीसहित सुदूरपश्चिम प्रदेशमा सन् २०२३ को हालसम्म तीन सय २५ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ ।

डेङ्गु संक्रमण देखिन थालेपछि यसको रोकथाम तथा नियन्त्रणका लागि आजदेखि ‘लार्भा खोज र नष्ट गर’ अभियान थालिएको छ ।

डेङ्गु रोकथाम तथा नियन्त्रणका लागि सदरमुकाम गढी, गोठलापानी, शाहिलेक क्षेत्रमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, नागरिक समाज तथा स्थानीयवासी खटिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ११ : ४५ बजे

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन