जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक सुरु | Khabarhub Khabarhub

जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक सुरु


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक केहीबेरअघि यहाँ सुरु भएको छ ।

डा सिके राउतले नेतृत्व गरेको सो पार्टीको राष्ट्रिय परिषद्को बैठक केहीबेरअघि राजधानीको एक होटलमा सुरु भएको सो पार्टीका केन्द्रीय प्रवक्ता डा शरदसिंह यादवले  जानकारी दिए। उनका अनुसार आजको बैठकमा समसामयिक विषयमा प्रशिक्षण तथा छलफल हुने एजेन्डा तय गरिएको छ ।

उनका अनुसार यही साउन १८ गते बिहीबार केन्द्रीय समितिको बैठक बस्ने भएको छ भने १९ गते स्थानीय जनप्रतिनिधि पार्टी समन्वय बैठक आह्वान गरिएको छ । उक्त बैठकमा वडाध्यक्ष, नगरप्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्षको सहभागिता रहने प्रवक्ता डा यादवले बताए ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  १ : ०१ बजे

म्याग्दीका सामुदायिक वनमा बढ्दै जङ्गली जनावर

म्याग्दी- म्याग्दीमा वन फँडानी रोकिएपछि सामुदायिक वन तथा खोरिया घना

राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ

११ महिनामा भित्रिए ९ लाखभन्दा बढी पर्यटक

काठमाडौं- सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी विदेशी

भूकम्प प्रभावित पत्रकारका लागि सहयोग

काठमाडौं- जाजरकोट र रुकुम पश्चिममा कात्तिक १७ गते राति गएको

गिनी बिसाउको राजधानीनजिकै गोली हानाहान

बिसाउ- अफ्रिकी मुलुक गिनी बिसाउमा नेसनल गार्डका सैनिक र विशेष