माओवादी नेतृत्वको सरकार गठन भएपछि जनतामा विश्वास उत्पन्न भएको छ : प्रचण्ड | Khabarhub Khabarhub

माओवादी नेतृत्वको सरकार गठन भएपछि जनतामा विश्वास उत्पन्न भएको छ : प्रचण्ड


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो चरणमा माओवादी नेतृत्वको सरकार गठन भएपछि जनतामा विश्वास उत्पन्न भएको बताएका छन् ।

माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले केन्द्रीय समितिले जनतामा उत्पन्न भएको आशा र भरोसालाई संगठनमा रुपान्तरण गर्ने अभियानमा बदल्ने विश्वास व्यक्त गरे ।

प्रचण्डले माओवादी पार्टी, पार्टी जस्तो हुन नसकेको भन्दै पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी बैठकबाटै गर्नुपर्ने धारणा राखे । पार्टीको नेतृत्वमा रहेको गठबन्धन सरकारले राष्ट्र र जनताको पक्षमा, सामाजिक न्याय र सुशासनको पक्षमा नयाँ संकल्पको साथ अगाडि बढ्ने पहल गरिरहेको उल्लेख गर्दै प्रचण्डले सरकारले अघि सारेका कामहरुलाई व्यवस्थित र प्रभावकारी बनाएर राष्ट्र र जनताको आवश्यकता अनुसार अगाडि बढ्न बैठकले सहज वातावरण बनाउने विश्वास व्यक्त गरे ।

उनले राष्ट्रिय एकता र स्वाधिनतालाई मजबुत बनाउन जरुरी रहेको समेत बताए । प्रचण्डले पार्टी एकतालाई निरन्तर सुदृढ गर्न नसक्नु कमजोरी भएको भन्दै विभाजनको पीडाबीच अहिले फेरि नयाँ एकताको प्रयासमा जान लागेको धारणा राखे ।

केन्द्रीय समिति बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट सय जना गरी जम्मा ७५८ सहभागी रहेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ३ : ०४ बजे

मनसुन बर्हिगमनमा समय लाग्ने

काठमाडौं – नेपालबाट मनसुन बर्हिगमनमा समय लाग्ने जल तथा मौसम

देउवाको सचिवालयले भन्योः निवासमा पैसाको सुरूङ्ग भेटिएको समाचार भ्रामक हो

काठमाडाैं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी

साफ यू–१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको लज्जास्पद हार

कोलम्बो – श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह चरणको

प्रत्यक्ष प्रधानमन्त्री चुन्ने विषयमा जेनजीलाई धोका भयो : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले प्रत्यक्ष

‘नेपोबेबी’ ट्रेन्डबारे श्रृंखलाले भनिन्ः हार्वर्डमा आफ्नै आम्दानीबाट पढेकी हुँ

काठमाडौं – पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जालमा चलेको ‘नेपोबेबी’