लम्पी स्किन नियन्त्रण गर्न साताव्यापी खोप अभियान « Khabarhub

लम्पी स्किन नियन्त्रण गर्न साताव्यापी खोप अभियान


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बागमती प्रदेश सरकारले लम्पी स्किन रोग नियन्त्रणका लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ ।

रोगको बढ्दो सङ्क्रमण दर र पशु मृत्युदर न्यूनीकरणका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यही साउन २५ गतेदेखि ३१ गतेसम्म सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको हो ।

खोप अभियानअन्तर्गत प्रदेशका करिब ४० हजार गाईभैँसीमा लम्पी स्किन रोगविरुद्धको खोप लगाउने लक्ष्य रहेको मन्त्रालयकी पशु चिकित्सक डा सृजना वाग्लेले जानकारी दिइन् । अभियान मन्त्रालयअन्तर्गत रहेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत सञ्चालन गरिने र दैनिकरुपमा खोप लगाइएका पशुको तथ्याङ्क सङ्कलन गरी सार्वजनिकसमेत गरिने उनले बताइन् ।

त्यसको लागि सम्बन्धित स्थानीय तहको समन्वयमा सम्बन्धित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले साउन २० गतेभित्र भ्याक्सिनेटर छनोट तथा नियुक्ति गरिसक्ने कार्यतालिका रहेको छ ।

त्यस्तै, साउन २० मा नै प्रदेश दुग्ध विकास बोर्डमार्फत दुग्ध क्षेत्रसँग सम्बन्धित सङ्घ संस्थासँग खोप अभियानसम्बन्धी समन्वय बैठक सञ्चालन गर्ने कार्यतालिका रहेको छ ।

त्यसैगरी, साउन २२ गतेभित्र सम्बन्धित स्थानीय तहको समन्वयमा सम्बन्धित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले खोप खरिद तथा भण्डारण तथा प्रचारप्रसार सामग्री तयारी र प्रसारण गर्ने र मन्त्रालयले खोप कार्ड, खोप अभियान लोगो, खोप अभिलेख फाराम, पम्पलेट तथा ब्रोसर छपाइ र वितरण गर्ने कार्यसूची रहेको छ ।

साउन २३ मा सम्बन्धित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले भ्याक्सिनेटर तथा स्थानीय तहहरुलाई अभिमुखीकरण, खोप तथा लजिष्टिक सामग्री वितरण गर्ने कार्यतालिका रहेको छ ।

यस्तै, साउन २५ गते मन्त्रालयले रोगविरुद्ध खोप अभियानको औपचारिक उद्घाटन गर्ने र सो कार्यलाई ३१ गतेसम्म निरन्तरता दिइने छ । लम्पी स्किन रोग झिङ्गा, लामखट्टे, किर्नाजस्ता किराको टोकाइबाट सर्ने उक्त रोगका कारण गाईभैँसीमा अत्यधिक ज्वरो आउने, दानापानी नखाने, छालामा गिर्खा आउनेलगायतका लक्षण देखा पर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ९ : १८ बजे

पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता माघ १४ देखि 

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता

मनिषाले चार र रुविनाले तीन विकेट लिएको खेलमा स्कटल्यान्डले नेपालाई दियो १४१ रनको चुनौती

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह

क्यान्सरको बिरामीलाई आर्थिक सहयोग

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा क्यान्सरबाट थलिएकी एक जना बिरामीको

भैँसीपालनबाट किसानको जीवनस्तर फेरिँदै 

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका थारू समुदाय पछिल्लो समय व्यावसायिक भैँसीपालनतर्फ

‘महको माग बढ्दो छ, बिक्री गर्न बजारको समस्या छैन’

गण्डकी– कास्कीको पोखरा महानगर क्षेत्रमा दुई हजारभन्दा बढी व्यक्ति मौरीपालन