पुस्तकालय दिवस : वक्तृत्वकलामा पाण्डे प्रथम « Khabarhub

पुस्तकालय दिवस : वक्तृत्वकलामा पाण्डे प्रथम


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– सोह्रौँ पुस्तकालय दिवसका अवसरमा स्याङ्जाको कालीगण्डकीमा आयोजना भएको वक्तृत्वकला प्रतियोगितामा राधा पाण्डे प्रथम भएकी छिन् ।

मातृभूमि सामुदायिक पुस्तकालय विर्घाको आयोजनामा भएको अन्तर माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा जनता माध्यमिक विद्यालय विर्घा अर्चलेकी छात्रा पाण्डे प्रथम भएकी हुन् ।

‘पुस्तौं पुस्ताका लागि पुस्तकालय’ विषयक शीर्षकमा गरिएको प्रतियोगितामा पालिकाभित्रका आठ विद्यालयको सहभागिता रहेको मातृभूमि पुस्तकालयका सचिव नारायणप्रसाद पाण्डेले बताए ।

प्रतियोगितामा देउराली माध्यमिक विद्यालयका छात्र विष्णु पाण्डेय द्वितीय, जनहित माध्यमिक विद्यालयका छात्रा एन्जिला राना तृतीय भए ।

प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रममा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा, उपाध्यक्ष साबित्रा कोईराला, वडा नम्बर ४ का वडा अध्यक्ष यादवप्रसाद पाण्डे, जनहित माध्यमिक विद्यालयका प्रधानाध्यापक केशर पाण्डे, पुस्तकालयका कार्यवाहक अध्यक्ष हिमलाल पाण्डे, कोषाध्यक्ष चुमकला पाण्डेले मातृभूमि पुस्तकालय स्थापना भएसँगै यस क्षेत्रमा पुस्तक पढ्ने बानीको विकास हुँदै गएको बताए ।

यसैबीच, काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच पुस्तकालयकर्मीमध्ये स्याङ्जाको कालीगण्डकी ४ बिर्घाको मातृभूमि सामुदायिक पुस्तकालयका जोगप्रसाद पाण्डे सम्मानित भएका छन् ।

पुस्तकालय क्षेत्रमा विगत ३० वर्षदेखि निरन्तर लागेका पाण्डेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री अशोककुमार राईले सम्मान गरे ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ८ : ४८ बजे

विश्वकप: मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र केन, कसले जित्ला गोल्डेन बुट ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण