संस्कृति लोप हुँदै गएकाप्रति नेवार समुदाय चिन्तित « Khabarhub

संस्कृति लोप हुँदै गएकाप्रति नेवार समुदाय चिन्तित


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

भोजपुर– बढ्दो आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति लोप हुने खतरा बढेपछि भोजपुरका नेवार समुदायका व्यक्तिहरू संरक्षणमा जुटेका छन् । मौलिक परम्परा धर्म संस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्‍याउन उनीहरु यसको संरक्षणमा जुटेका हुन् ।

नेवार समुदायले विगतबाट मान्दै आएका परम्परालाई जीवन्त राख्नका लागि गाउँघरमा विभिन्न सङ्घ संस्था गठन गरेर आफ्नो संस्कार संस्कृतिको संरक्षणको निमित्त काम गर्दै आएको नेवार समाज दाँवाका अध्यक्ष कमल श्रेष्ठले बताए। यो समाजले धर्म संस्कार, संस्कृतिको संरक्षण तथा विकास विस्तारका लागि काम गर्दै आएको उनको भनाइ छ ।

‘हामी स्थानीयस्तरबाट नै आफ्नो संस्कार संस्कृतिलाई बचाउन जुटेका छौँ’, अध्यक्ष श्रेष्ठ, ‘संस्कृतिको जगेर्ना गर्दै नयाँ पुस्तालाई आफ्नो संस्कृति, परम्परा सिकाउँदै आएका छौँ । संस्कृतिलाई बचाइ राख्नका लागि विभिन्न कार्यक्रम गर्दै आएको अवस्था छ । विभिन्न अवसरमा हामीले मौलिकता झल्कने गरी जात्रा, मेला पनि लगाउँदै आएका छौँ ।’

यहाँका करिब ८५ घर परिवार नेवार समुदाय सङ्गठित भएर मौलिक कला, संस्कार संस्कृतिको संरक्षणमा जुटेको उनको भनाइ छ । नेवार समुदायको संस्कृतिको रुपमा मादल, झ्याली र ढोलक बजाउँदै नाचिने ठाकठुके नाच सिकाउनेलगायत परम्परा रीतिरिवाज पुस्तान्तरणका लागि समाजले विगत लामो समयबाट काम गर्दै आएको अध्यक्ष श्रेष्ठको भनाइ छ । 

धर्म, संस्कृति, जातीय अस्तित्व, रीतिरिवाज र बाजा जोगाउन सामूहिकरुपमा संरक्षणको काम गर्दै आएको कृष्णलक्ष्मी–लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठान, काठमाडौँ तथा दाँवाली मिलन क्लबका अध्यक्ष रोशन श्रेष्ठले बताए । नेवार समुदायका संस्कृति रीतिरिवाजको संरक्षणमा आफ्नो अगुवाइमा विभिन्न कार्यक्रम हुँदै आएको उनको भनाइ छ ।

नेवार समुदायमा, लाखेजात्रा गाईजात्रा, बुबाको मुख हेर्ने, आमाको मुख हेर्ने, देगु पूजा, गुँ पुन्ही, येँया पुन्ही, चथाः, तिहार, म्हःपूजा, योमरी पुन्हीलगायत चाडपर्वमा मौलिक बाजा बजाउने चलन रहेको क्याप्टेन रमेश श्रेष्ठले बताए । 

तर नयाँ पुस्तामा यस्ता बाजालाई बजाउने तरिकासमेत फरक पर्दै गएको अवस्था रहेकाले संरक्षणमा जुट्न आवश्यक रहेको उनको भनाइ छ । संस्कृतिको संरक्षणसँगै आफ्नो दिवङ्गत बुबाको मृत्यु भएको एक वर्ष पुगेको अवसरमा सपरिवार काठमाडौँबाट गाउँमा आएर गाईजात्रा निकालेको उनले जानकारी दिए ।

नेवार संस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्‍याउन चुनौतीको रुपमा देखा पर्दै आएको स्थानीयवासी बद्रीकुमार श्रेष्ठको भनाइ छ ।

उनले आधुनिकता विकाससँगै स्थानीय संस्कृतिको मौलिकता हराउने अवस्था आएकाले यसलाई नयाँ पुस्तासम्म पुर्‍याउन आवश्यक रहेको बताए । 

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ९ : ५० बजे

मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै

हुम्ला – पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना

कैलाली – धनगढी उपमहानगरपालिका–१४, फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी

पूर्णबहादुर र शेखरले गगनसँग खोजेको के हो ?

काठमाडौँ– दुई समूहको विवाद भुसको आगो झैँ सल्किरहेका बेला केही

परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा गएका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा