एमालेको लुम्बिनी प्रदेश अधिवेशन आजदेखि सुरु हुँदै | Khabarhub Khabarhub

एमालेको लुम्बिनी प्रदेश अधिवेशन आजदेखि सुरु हुँदै


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको लुम्बिनी प्रदेशको पहिलो अधिवेशन आजदेखि बुटवलमा सुरु हुँदैछ । 

अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले मध्याह्न साढे १२ बजे बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

मुलुक संघीयतामा लागू भएसँगै तयार भएको संरचनात्मक संगठन अनुसार पहिलो पटक हुन लागेको प्रदेश अधिवेशनलाई चासोका साथ हेरिएको छ ।

अधिवेशन अन्तर्गत आज उद्घाटनसत्र हुनेछ भने भोलिदेखि बन्दसत्र हुनेछ । उद्घाटन समारोहमा पार्टीका उपाध्यक्षहरू युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोख्रेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा एवं प्रदेशका इन्चार्ज पदमा अर्यालका साथै पोलिटब्युरो सदस्यहरू, केन्द्रीय सदस्यहरू, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहने छन् । 

अधिवेशनका लागि प्रदेशका १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरूबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरुबाट छानिएका गरी एकहजार चारजना प्रतिनिधि सहभागी हुने छन् । अधिवेशनले प्रदेश संगठन कमिटीलाई २०५ सदस्यीय बनाउनेछ । 

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ११ : ०६ बजे

बालिका बलात्कार आरोपमा एक जना पक्राउ

अर्घाखाँची– ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सन्धिखर्क नगरपालिका-२

स्वच्छ तथा शुद्ध खानेपानी उपलब्ध गराउन सरकार सचेत : मन्त्री भण्डारी

काठमाडौँ– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं कार्यवाहक खानेपानीमन्त्री शरद्सिंह

इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएसँगै इन्द्रजात्रा सुरु

काठमाडौं– काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा पर्व विधिवत रुपमा सुरु भएको

भरुवा बन्दुकसहित एक जना पक्राउ

उदयपुर– एकनाले भरुवा बन्दुक १ थानसहित प्रहरीले एक जनालाई पक्राउ

बागमतीमा विश्वविद्यालय स्थापनाका लागि आवेदन माग

मनहरी– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ कार्यान्वयन