अर्थतन्त्रलाई लयमा फर्काउन प्रयास गरिरहेको छु : अर्थमन्त्री  « Khabarhub

अर्थतन्त्रलाई लयमा फर्काउन प्रयास गरिरहेको छु : अर्थमन्त्री 


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रलाई लयमा फर्काउन आफूले प्रयास गरिरहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाजको २५औँ वार्षिक साधारणसभा तथा अधिवेशन कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री महतले अर्थतन्त्र लिएर निराश हुनुपर्ने अवस्था नरहेको भन्दै यसलाई लयमा फर्काउन आफूले प्रयास गरिरहेको बताएका हुन् । 

पर्यटन क्षेत्रमा सुधार भइरहेको र विदेशी मुद्राको सञ्चित पर्याप्त रहेकाले आर्थिक गतिविधि अगाडि बढाउन देखिएका समस्या समाधान गर्न सरकार लागिरहेको उनले बताए । अर्थमन्त्री महतले आगामी दिनमा देशको अर्थतन्त्र सकारात्मक दिशामा जाने भएकाले कुनै दुबिधा नराख्न आग्रह गरे ।

उनले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रको साथ आवश्यक परेको भन्दै निजी क्षेत्रको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको जिकिर गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघअध्यक्ष चन्द्र ढकालले सरकारले निजी क्षेत्रलाई दिएको सुझाव कार्यान्वयन गर्न नखोज्दा अहिलेको अवस्था आएको हुनसक्ने बताए । मुलुक श्रीलंका जस्तो हुने भन्दै अर्थतन्त्रका नीतिलाई कसिलो पार्न खोज्ला पनि केही समस्या देखिएको उनको भनाइ छ ।

ढकालले सरकारले निजी क्षेत्रलाई सरकारले हेर्ने हेर्ने नजर फरक हुँदा समस्या देखिएकाले मुलुकको आर्थिक क्षेत्र सुधारका लागि सरकारले निजीक्षेत्रसँग सहज ढंगले समन्वय गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  १ : ११ बजे

मुख्यमन्त्री बानियाँद्वारा सूर्य स्मृति भवनको उद्घाटन

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सूर्यबहादुर डिमडुम स्मृति भवनको

एमाले निर्वाचनमा सहभागी हुन्छ : सचिव राई

मोरङ–  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नवनिर्वाचित सचिव शेरधन राईले आगामी

काठमाडौंभित्रै एक रातको अन्तरमा दुईजना मिलेर गरे दुई युवकको हत्या

काठमाडौं- नेपाल प्रहरीले ललितपुरमा एक रातको बीचमा भएका दुई छुट्टाछुट्टै

फिल्म ‘मिरमिरे’को शीर्ष गीत सार्वजनिक

काठमाडौं – यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मिरमिरे’को

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

मन्थली– ऊर्जा जलस्रोत एवं सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै