धुलियाविट–भेडाबारी खण्ड एक वर्षभित्र सम्पन्न हुने « Khabarhub

धुलियाविट–भेडाबारी खण्ड एक वर्षभित्र सम्पन्न हुने


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको पूर्वीखण्ड धुलियाविट–भेडाबारी सडक एक वर्षमा कालोपत्र सम्पन्न गर्ने गरी काम अगाडि बढेको छ । राजमार्गको ट्र्याक खुलेको ४८ वर्षपछि कालोपत्र हुन लागेको हो। 

विसं २०३२ मा राजा वीरेन्द्र सुर्खेतमा आउँदा राजालाई देखाउनका लागि धुलियाविट-भेडाबारी सडक निर्माण थालिएको थियो । निर्माण थालिएको लामो सयमसम्म पनि स्तरोन्नतिको काम हुन सकेको थिएन् ।

लामो समयदेखि रुख कटानको अनुमति नपाउँदा निर्माणको काममा अवरोध भएकामा अहिले रुख कटानको अनुमति पाएसँगै सडक स्तरोन्नतिको काम अगाडि बढेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले बताए । ‘सडक निर्माणले अहिले गति लिएको छ । सुर्खेतको पूर्वी खण्डको सडक एक वर्षमा निर्माण सकिन्छ’, शनिबार सडकको अनुगमन गर्दै उनले भने , ‘पश्चिम खण्डको राजमार्गले पनि चाँडै गति लिनेछ ।’ 

सडक स्तरोन्नतिका लागि रुख कटान गर्न वन मन्त्रालयले अनुमति दिइसकेकाले अहिले रुख कटानको कामसँगै सडक निर्माणले गति लिएको मन्त्री ज्वालाले बताए । ‘यो सडकखण्ड एक वर्षमा कालोपत्रको काम पूरा हुने लक्ष्य राखिएको छ’, उनले भने, ‘लक्ष्य अनुसार नै काम भइरहेकाले निर्माण तोकिएको समसमा नै सम्पन्न हुन्छ ।’

मदन भण्डारी राजमार्गको सुर्खेत पूर्वीभागमा ३५ किलोमिटर छ भने पश्चिममा भागमा ९४ किलोमिटर रहेको छ । अहिले पूर्वीभागको काम अगाडि बढाइएको मदन भण्डारी राजमार्गका आयोजना प्रमुख शम्भुप्रसाद आचार्यले बताए । ‘धुलियाविटदेखि बोटेचौरसम्म चार मिटर चौडाइ रहेको सडक सात मिटर बनाइने छ’, उनले भने । सडक तोकिएकै समयमा सम्पन्न गर्ने गरी काम भइरहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ४ : ११ बजे

विश्वकप: मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र केन, कसले जित्ला गोल्डेन बुट ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण