धुलियाविट–भेडाबारी खण्ड एक वर्षभित्र सम्पन्न हुने « Khabarhub

धुलियाविट–भेडाबारी खण्ड एक वर्षभित्र सम्पन्न हुने


१६ भदौ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको पूर्वीखण्ड धुलियाविट–भेडाबारी सडक एक वर्षमा कालोपत्र सम्पन्न गर्ने गरी काम अगाडि बढेको छ । राजमार्गको ट्र्याक खुलेको ४८ वर्षपछि कालोपत्र हुन लागेको हो। 

विसं २०३२ मा राजा वीरेन्द्र सुर्खेतमा आउँदा राजालाई देखाउनका लागि धुलियाविट-भेडाबारी सडक निर्माण थालिएको थियो । निर्माण थालिएको लामो सयमसम्म पनि स्तरोन्नतिको काम हुन सकेको थिएन् ।

लामो समयदेखि रुख कटानको अनुमति नपाउँदा निर्माणको काममा अवरोध भएकामा अहिले रुख कटानको अनुमति पाएसँगै सडक स्तरोन्नतिको काम अगाडि बढेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले बताए । ‘सडक निर्माणले अहिले गति लिएको छ । सुर्खेतको पूर्वी खण्डको सडक एक वर्षमा निर्माण सकिन्छ’, शनिबार सडकको अनुगमन गर्दै उनले भने , ‘पश्चिम खण्डको राजमार्गले पनि चाँडै गति लिनेछ ।’ 

सडक स्तरोन्नतिका लागि रुख कटान गर्न वन मन्त्रालयले अनुमति दिइसकेकाले अहिले रुख कटानको कामसँगै सडक निर्माणले गति लिएको मन्त्री ज्वालाले बताए । ‘यो सडकखण्ड एक वर्षमा कालोपत्रको काम पूरा हुने लक्ष्य राखिएको छ’, उनले भने, ‘लक्ष्य अनुसार नै काम भइरहेकाले निर्माण तोकिएको समसमा नै सम्पन्न हुन्छ ।’

मदन भण्डारी राजमार्गको सुर्खेत पूर्वीभागमा ३५ किलोमिटर छ भने पश्चिममा भागमा ९४ किलोमिटर रहेको छ । अहिले पूर्वीभागको काम अगाडि बढाइएको मदन भण्डारी राजमार्गका आयोजना प्रमुख शम्भुप्रसाद आचार्यले बताए । ‘धुलियाविटदेखि बोटेचौरसम्म चार मिटर चौडाइ रहेको सडक सात मिटर बनाइने छ’, उनले भने । सडक तोकिएकै समयमा सम्पन्न गर्ने गरी काम भइरहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : १६ भदौ २०८०, शनिबार  ४ : ११ बजे

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२

सप्तकोशीमा डुबेर बेपत्ता युवक मृत भेटिए

सुनसरी– सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका

एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन

काठमाडौं – बलिउड अभिनेत्री कृति सेननले आफ्नो नाम, अनुहार, आवाज