जेलमा रहेका खानलाई वकिलसँग भेट्न दिइएन « Khabarhub

जेलमा रहेका खानलाई वकिलसँग भेट्न दिइएन


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान– पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का प्रमुख इमरान खानका वकिलहरूलाई प्रहरीले उनलाई अट्टक जेलमा भेट्न अनुमति नदिएको एआरवाई न्यूजले जनाएको छ । पिटिआईका अनुसार वकिल शीराज अहमद रान्झा र गोहर अलीलाई प्रहरीले  नेता खानलाई भेट्नबाट रोकेको हो । 

कानुन व्यवसायी गोहर अलीले पत्रकारहरूलाई जानकारी दिएअनुसार अदालतको आदेशको बाबजुद पूर्वप्रधानमन्त्रीसँग  भेट गर्न नदिइएको हो । अदालतले नेता खान र उनका छोराहरूबीच टेलिफोनमा कुराकानी गर्न दिएको अनुमतिको पनि जेलका अधिकारीहरूले अवज्ञा गरेका उनले बताएका छन् । 

इस्लामावाद उच्च अदालतले  मंगलबार नेता खानलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो तर गोप्य सरकारी दस्तावेज  सार्वजनिक गरेको अभियोगमा उनलाई जेलबाट मुक्त गर्नुअगावै न्यायिक हिरासतमा राख्न विशेष अदालतले आदेश दिएको थियो ।  

पाकिस्तानका सबैभन्दा लोकप्रिय राजनीति नेता खान गत वर्ष सत्ताबाट हटेदेखि धेरै कानुनी झमेलामा फसेका छन् । उनीविरुद्ध दुई सय वटा मुद्दा लगाइएका छन् । नेता खानले आफूलाई आगामी चुनाव लड्नबाट रोक्न गरिएको षड्यन्त्रअनुरुप ती मुद्दा लगाइएको दाबी गरेका छन् । 

औपनिवेशिक युगको गोप्य कानुनअन्तर्गत नेता खानलाई दुई हप्ता थुन्न विशेष अदालतले आदेश दिएको थियो । सैन्य मुद्दा चलाउन प्रयोग हुने कानुन उनीविरुद्ध लगाइएको सफदरले बताए । भ्रष्टाचारको आरोपमा खानमाथि गरिएको तीन वर्षको जेल सजाय मंगलबार नै उल्ट्याइएको थियो । 

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ५ : ४२ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली