प्रधानमन्त्री मोदीले भेटे चेसका प्रतिभाशाली खेलाडी प्रगन्नानन्धालाई « Khabarhub

प्रधानमन्त्री मोदीले भेटे चेसका प्रतिभाशाली खेलाडी प्रगन्नानन्धालाई


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने १८ वर्षीय किशोर खेलाडी रमेशबाबु प्रगन्नानन्धालाई भेटेका छन् । भारतीय प्रधानमन्त्रीले प्रगन्नानन्धालाई भेटेर अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको सफलताका लागि बधाई दिएका हुन् । मोदीले प्रगन्नानन्धालाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनका लागि शुभकामना पनि दिए । 

उक्त भेटपछि भारतीय प्रधानमन्त्रीले सामाजिक सञ्जाल ट्विटरमा तस्बिरसहित ट्विट गरेका छन्, ‘अत्यन्तै विशेष आगन्तुक । तिमी र तिम्रो परिवारसँग भेट्न पाउँदा गौरवान्वित भएँ। भारतका युवाले हरेक क्षेत्रमा कसरी उत्कृष्ट प्रदर्शन गर्छन् भन्ने कुराको तिमी गतिलो उदाहरण हौ । हामी गौरवान्वित छौँ ।’मोदीले प्रगन्नानन्धा र उनको आमा-बुवासँग खिचेको तस्बिर पनि पोष्ट गरेका छन् ।

प्रगन्नानन्धा विश्वकप चेस प्रतियोगितामा आफूभन्दा दिग्गज प्रतिद्वन्द्वीलाई हराउँदै दोस्रो भएका थिए । त्यसपछि अन्तर्राष्ट्रिय खेल वृत्तमा उनको उपलब्धिको चर्चा सुरु भएको थियो । विश्वकप चेसको फाइनलमा उनी नर्वेजियन ग्रान्डमास्टर म्यागनस कार्लसनसँग पराजित भएका थिए । 

तर, उनले आफूभन्दा निकै पाका खेलाडी ३२ वर्षीय कार्लसनलाई सजिलै उपाधि चुम्न दिएका थिएनन् । अन्तिम समयसम्म उनले कार्लसनलाई कडा चुनौती दिएका थिए । अजरबैजानको बाकुमा विश्वकप चेसको उपाधि जितेपछि कार्लसनले १८ वर्षीय यी किशोरको प्रशंसा गर्नबाट आफूलाई रोक्न सकेनन् ।

प्रगन्नानन्धाको प्रशंसा गर्दै कार्लसनले भनेका थिए, ‘रमेशबाबु प्रगन्नानन्धालाई हराउन निकै सँघर्ष गनुपर्‍यो । विश्व चेसमा उनको भविष्य निकै उज्ज्वल छ । वास्तवमा उनी बुद्धिका शातिर सैतान हुन् ।’  प्रगन्नानन्धाको जन्म तमिल नाडुको चेन्नइमा सन् २००५ को अगस्त १० तारिखमा भएको हो ।   -एएनआई

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ७ : ३६ बजे

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति