एमाले समाप्त हुँदैछ : माधव नेपाल « Khabarhub

एमाले समाप्त हुँदैछ : माधव नेपाल


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले आफैँ समाप्त भएर जाने टिप्पणी गरेका छन्। एकीकृत समाजवादीलाई समाप्त पार्ने घोषणा गरिरहेका एमाले नेता आफैँ सोत्तर भइरहेको र हावा खाइरहेको उनको टिप्पणी छ।

शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले आफ्नो पार्टीले भने हरेक असम्भव कुरालाई सम्भव बनाउँदै अघि बढिरहेको उनले बताए। अरू पार्टीहरूलाई समेत साथमा लिएर समाजवादको झन्डालाई बुलन्द गर्ने काम आफूहरू गरिरहेको उनले बताए। पार्टीलाई सशक्त बनाउन आफूहरूले संगठन निर्माणको कामलाई तीव्रता दिएको उनले उल्लेख गरे।

‘कसैकसैले हाम्रो पार्टीलाई समाप्त पारिदिने भनेर घोषणा गरिरहेका छन् । समाप्त पार्ने होइन, ती व्यक्तिहरू जसले त्यसो भनिरहेका छन्, यो पार्टीको कुनै अर्थ छैन भनेर । उनीहरू आफैँ सोत्तर भइरहेका छन् । हावा खाइरहेका छन्,’ अध्यक्ष नेपालले भने।

पार्टीलाई जनताका बीचमा लैजाने गरी गतिविधिलाई अघि बढाउन उनले नेता–कार्यकर्तालाई निर्देशन समेत दिएका छन्।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ८ : २१ बजे

मौसम बिग्रिँदा विमानस्थल प्रभावित, चीनबाट आएको जहाज भारततिर डाइभर्ट

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नपछि विशेषगरी तराईका

लक्ष्यको ३६ दशमलव २९ प्रतिशत राजस्व सङ्कलन

बाग्मती– बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो

काठमाडौं उपत्यकासहित देशभर वर्षात्, तराई क्षेत्रमा हुरीसहित असिना पानी !

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नपछि विशेषगरी

देशभर विपद्का ३१ घटना, एक जनाको मृत्यु, ४ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा भएका विभिन्न विपदका घटनामा परी १

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन 

काठमाडौं– प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न निर्वाचनलाई सफल बनाउन महत्त्वपूर्ण