आममाफीको विषयमा रास्वपाद्वारा राष्ट्रपति पौडेलको ध्यानाकर्षण | Khabarhub Khabarhub

आममाफीको विषयमा रास्वपाद्वारा राष्ट्रपति पौडेलको ध्यानाकर्षण


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संविधान दिवसको अवसरमा हत्याको आरोपमा सजाय काटिरहेका  व्यक्तिलाई आममाफी दिएको विषयमा राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएको छ।

मानिसको हत्या गरेको कसुरमा जन्मकैदको सजाय काटिरहेका नेपालगञ्जका योगराज ढकाललाई आममाफी दिएको भन्दै आज बिहान राष्ट्रपति पौडेललाई भेटेर रास्वपा अध्यक्ष रवि लामिछानेसहितका नेताहरुले तीन बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो । 

 यो विषयलाई लिएर  रास्वपाले संसदमा समेत विरोध जनाएको थियो । संविधान दिवसको अवसर पारेर व्यक्ति हत्या जस्तो गम्भीर प्रकृतिको सजाय काटिरहेका व्यक्तिलाई उन्मुक्ति दिने परिपाटी अन्त्य गर्न रास्वपाले राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराएको छ।

त्यस्तै सजाय माफी, मुलतबी, परिवर्तन र कम गर्न कानूनले नै निषेध गरेका व्यक्तिको स्वार्थ प्रेरित रिहाईलाई रोकी राज्यमा कानुनी राज्य, शान्ति सुव्यवस्था र न्यायको प्रत्याभूति आम जनतामा अनुभूत गराउन आवश्यक कानूनी व्यवस्था स्थापना तथा परिमार्जनका लागि सरकारको ध्यानाकर्षण गराउन पनि भनिएको छ।

जवाफमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पुरा गरेर मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको बताए।

उनले संविधानले राष्ट्रपतिलाई विवेक प्रयोग गर्न दिएको ठाउँमा आफूले प्रश्न उठाएर ३४ जनाको आममाफीका लागि गृहमन्त्रालयबाट आएको पत्र फिर्ता गराएको पनि बताए ।

 

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  १२ : ५६ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी

म माथि षडयन्त्र भयो, संलग्नको नाम छिट्टै सार्वजनिक गर्छु : सन्दीप लामिछाने

काठमाडौं– बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले आफू

सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको विकास, विस्तार र

अवैध रूपमा अमेरिकी प्रविधि निर्यात गर्ने दुई चिनियाँविरुद्ध मुद्दा दायर

वासिङ्टन डिसी– संयुक्त राज्य अमेरिकाको न्याय विभागले संयुक्त राज्य अमेरिकाको

सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकार दृढ छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको