शुक्लागण्डकीमा शीतभण्डार निर्माण  | Khabarhub Khabarhub

शुक्लागण्डकीमा शीतभण्डार निर्माण 


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ लालिममा एक सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण गरिएको छ । 

नगरपालिकाको आन्तरिक स्रोतबाट रु तीन करोडको लगानीमा उक्त शीतभण्डार निर्माण गरिएको हो । उक्त नगरपालिकाको वडा नं ८ आलु र वडा नं ११ सुन्तला खेतीका लागि पकेट क्षेत्रका रुपमा विकास गरिएको छ । 

नगरपालिकाले आलु र सुन्तला खेतीलाई मध्यनजर गर्दै करिब पाँच रोपनी सार्वजनिक जग्गामा शीतभण्डार निर्माण गरेको इञ्जिनियर तारापति भट्टराईले जानकारी दिए। शीतभण्डार बनेसँगै यहाँका कृषकले उत्पादन गरेका कृषिउपज स्टोरका लागि पोखरा लैजानुपर्ने बाध्यता हट्ने भएको छ  । 

‘भवन निर्माण सम्पन्न भइसकेको छ’, उनले भने, ‘निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रहेकाले सञ्चालन प्रक्रिया रोकिएको हो, असोज मसान्तदेखि सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौँ । उत्पादन भएका आलु र सुन्तला स्टोर गर्न नपाएर सस्तोमा बिक्री गर्नुपर्दा कृषक मर्कामा पर्ने गरेका थिए।’

उचित समयमा उत्पादित बस्तु बिक्रीका लागि कृषकलाई प्रतिकिलोग्राम सातका दरले शुल्क लिने योजना नगरपालिकाले बनाएको नगरप्रमुख कृष्णराज पण्डितले बताए ।

त्यसैगरी व्यास नगरपालिका कार्यालयले चालु आवदेखि चिस्यान केन्द्र सञ्चालनमा ल्याउने तयारीका साथ निर्माण गरिरहेको छ । वडा नं ११ स्थित गैह्रबारीमा निर्माणाधीन चिस्यान केन्द्र निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ ।

चिस्यान केन्द्र अन्तिम चरणमा पुगेसँगै जिल्लाका व्यावसायिक कृषक उत्साहित भएर कृषि क्षेत्रमा लाग्न थालेको योजना कार्यान्वयन तथा अनुगमन उपशाखाका अधिकृत भेषराज तिवारीले जानकारी दिए। 

गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा करिब तीन रोपनी जमिनमा एक करोड ६२ लाख ३२ हजार दुई सय ६४ को लागतमा एक सय ३० मेट्रिकटन क्षमताको चिस्यान केन्द्र निर्माण गरिएको हो ।  

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ३ : ४९ बजे

लक्ष्यअघि नै पूरा भयो बेनी चक्रपथ स्तरोन्नति

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारै किनारको

इरानमा अमेरिकी आक्रमणप्रति गुटेरसको चासो : संसारकै लागि खतरा रहेको संकेत

न्युयोर्क – संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले अमेरिकाले इरानको

आणविक केन्द्रमा अमेरिकाले आक्रमण गरेको इरानले गर्‍यो स्वीकार

काठमाडौं – इरानका अधिकारीले इस्फान, नातान्ज र फोरडोहमा आक्रमण भएको

अनुदान उपलब्ध गराउन उखु किसानको माग

महोत्तरी– महोत्तरीसहित मधेसका उखु किसानले अनुदान उपलब्ध गराउन सरकारसँग माग

इरानमा आक्रमणप्रति विधायकको मिश्रित प्रतिक्रिया : ट्रम्पलाई युद्धको अधिकार नभएको दाबी

वाशिङ्टन – इरानको आणविक केन्द्रमा अमेरिकाले आक्रमण गरेपछि त्यहाँका विधायकको