विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

आज आश्विन १५ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर २ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

ट्रम्पको व्यापारिक साम्राज्य खतरामा
आफ्ना दुई छोराविरुद्ध नागरिक जालसाजीको मुद्दा सुरु हुँदै गर्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार न्यूयोर्कको एक अदालतमा उपस्थित हुँदैछन् ।

आगामी राष्ट्रपति निर्वाचनमा विजयी भएर पुनः ह्वाइट हाउस हासिल गर्न अभियान चलाइरहेका ट्रम्पमाथि यो मामिलाले उनको व्यापारिक साम्राज्य खतरामा परेको छ ।

सोमबारको मुद्दामा पूर्वराष्ट्रपति ट्रम्प र उनका दुई छोरा एरिक तथा डोनाल्ड जुनियरले ट्रम्प सङ्गठनको घर जग्गा र वित्तीय सम्पत्तिको मूल्य बढाएर जालसाजी गरेको न्यायाधीश आर्थर एनगोरनले पहिला नै फैसला गरिसकेका छन् ।

न्यूयोर्कका महान्यायाधिवक्ता लेट्टिया जेम्सले २५ करोड अमेरिकी डलर जरिवाना र ट्रम्प तथा उनका छोराहरूलाई ट्रम्प साम्राज्यको व्यवस्थापनबाट हटाउन खोजिरहेको बताइएको छ । सोमबार बिहानको सुनुवाइमा आफू उपस्थित हुने ट्रम्पले आइतबार बेलुका बताएका थिए ।

‘मेरो नाम र प्रतिष्ठाविरुद्ध लड्न भोलि बिहान म अदालत जाँदैछु’, आफ्नो ट्रुथ सोसियल प्लेटफर्ममा उनले लेखेका छन्, ‘यो सम्पूर्ण मामिला नक्कली हो ।’ यो नागरिक मामिलाबाहेक आगामी महिनाहरूमा ट्रम्पले धेरै ठूला आपराधिक मामिलाको पनि सामना गर्नुपर्नेछ ।

जो बाइडेनले जितेको सन् २०२० को राष्टपति निर्वाचनको नतिजालाई उल्ट्याउने प्रयास गरेको आरोपमा उनलाई आगामी मार्च ४ मा वासिङ्टनस्थित सङ्घीय न्यायाधीशसमक्ष उपस्थित गराउने कार्यक्रम छ ।

त्यसपछि उनी न्यूयोर्क राज्य अदालतमा फिर्ता हुनेछन् । अहिले आपराधिक गुप्त सम्पत्तिको आरोपमा र पछि फ्लोरिडा सङ्घीय अदालतमा हाजिर हुनेछन् ।

उनीमाथि राष्ट्रपति कार्यालय छोडेपछि वर्गीकृत दस्तावेजहरू गलत तरिकाले प्रयोग गरेको आरोप लगाइएको छ । अन्तिममा उनले जर्जिया राज्यमा लागेको आरोपहरूको पनि जवाफ दिनुपर्ने छ । जर्जियामा उनीमाथि अवैध रूपमा सन् २०२० को राष्ट्रपति निर्वाचनको परिणाम आफ्नो पक्षमा परिवर्तन गर्न प्रयास गरेको आरोप लगाइएको छ ।

यस वर्षको चिकित्सा क्षेत्रको नोबल पुरस्कार कोरोनाविरुद्धको खोप बनाउने वैज्ञानिकलाई दिइने
यस वर्षको चिकित्सा क्षेत्रको नोबल पुरस्कार क्याटलिन क्यारिको र ड्रिउ वाइसम्यानले पाएका छन् ।

स्वीडिस एकेडेमी अफ साइन्सले सोमबार क्यारिको र वाइसम्यानलाई नोबल पुरस्कार दिने घोषणा गरेको हो । कोरोना भाइरसविरुद्ध एमआरएनए भ्याक्सिन विकासमा महत्त्वपूर्ण योगदान दिएको भन्दै उनीहरुलाई नोबल पुरस्कार दिने घोषणा गरेको हो ।

उनीहरुले एमआरएनए भ्याक्सिनले मानव शरीरको प्रतिरक्षा प्रणालीमा कसरी काम गर्छ भनेर पत्ता लगाएका थिए ।

उनीहरुले विकास गरेको खोप अहिले विश्वभरि लाखौं मानिसहरूलाई दिइएको छ । नोबेल पुरस्कार समितिले भनेको छ, ‘आधुनिक समयमा मानव स्वास्थ्यको लागि सबैभन्दा ठूलो खतराको समयमा भ्याक्सिन विकासको अभूतपूर्व दरमा पुरस्कार विजेताहरूले योगदान दिए ।’

नोबल पुरस्कार विजेतालाई ९ लाख अमेरिकी डलरसँगै २४ क्यारेट सुनको तक्मा प्रदान गरिन्छ ।

बङ्गलादेशमा डेङ्गुबाट एक हजारको मृत्यु
बङ्गलादेशमा यस वर्षको सुरुदेखि हालसम्म डेङ्गुबाट एक हजारभन्दा बढी मानिसको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ । लामखुट्टेबाट हुने यो रोगलाई मुलुकको सबैभन्दा खराब प्रकोप मानिएको छ । डेङ्गुबाट उच्च ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, मांसपेशी दुख्ने र सबैभन्दा गम्भीररूपमा रक्तस्राब हुन्छ ।

अत्यधिक रक्तस्राबका कारण मानिसको मृत्युसमेत हुन सक्छ । विश्व स्वास्थ्य सङ्गठनले लामखुट्टेबाट सर्ने डेङ्गुसहित चिकुङ्गुन्या, पहेँलो ज्वरो र जिका जस्ता रोगहरू जलवायु परिवर्तनका कारण छटो र थप फैलिरहेको चेतावनी दिएको छ । बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार राति प्रकाशित गरेको तथ्याङ्कअनुसार डेङ्गुबाट दुई लाखभन्दा बढी सङ्क्रमित हुँदा एक हजार छ जनाको मृत्यु भइसकेको छ ।

महानिर्देशनालयका पूर्वनिर्देशक बेनजिर अहमदले सन् २००० पछिको प्रत्येका वर्षको तुलनामा डेङ्गुबाट मर्नेहरूको सङ्ख्या यस वर्ष उच्च रहेको बताए । “यो बङ्गलादेश र विश्व दुवैमा ठूलो स्वास्थ्य घटना हो”, उनले भने । मृत्यु हुनेहरूमा शिशुसहित १५ वर्षमुनिका एक सय १२ बालबालिका रहेका छन् ।

यो आँकडा सन् २०२२ को तुलनामा कम हो । सो वर्ष डेङ्गुबाट दुई सय ८१ बालबालिकाको मृत्यु भएको थियो । यस वर्षको मनसुनमा भएको अनियमित वर्षाका साथै उष्ण तापक्रमका कारण लामखुट्टेहरूको प्रजननमा उचित वातावरण भएकाले डेङ्गुको प्रकोप बढेको वैज्ञानिकहरूले बताएका छन् ।

सन् १९६० को दशकबाट बङ्गलादेशमा डेङ्गुका केसहहरू देखिए पनि उसले सन् २००० देखि यो रोगको प्रकोपको तथ्याङ्क राख्न थालेको हो । डेङ्गुका धेरैजसो प्रकोप मनसुनका बेला जुलाईदेखि सेप्टेम्बरसम्म देखिन्छन् तर बङ्गलादेशका अस्पतालहरूले हालैका वर्षमा जाडो महिनामा पनि यस रोगका बिरामीहरूलाई भर्ना गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रिएससले सेप्टेम्बर महिनामा डेङ्गुको प्रकोपले बङ्गलादेशको प्रणालीमा ठूलो दबाब दिएको बताएका थिए ।

मेक्सिकोमा ट्रक दुर्घटना हुँदा १० जनाको मृत्यु
दक्षिणी मेक्सिकोको राजमार्गमा मालवाहक ट्रक पल्टिँदा कम्तीमा १० आप्रवासीको मृत्यु भएको छ । अल जजीराका अनुसार ग्वाटेमालाको सीमा नजिकै मेक्सिकोको चियापास राज्यमा दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा एक नाबालिगसहित १० महिला रहेका छन् भने घाइते सबैको अस्पतालमा उपचार भइरहेको छ । सो ट्रकले मेक्सिकोको दक्षिणी राज्य चियापासको पिज्जियापान–टोनाला राजमार्गमा अवैधानिक रूपमा २७ क्युबाली नागरिकलाई बोकेको बताइएको छ ।

चालकले ट्रकलाई तीव्र गतिमा चलाउँदा अचानक नियन्त्रण गुमेपछि सो दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् । दुर्घटनापछि चालक घटनास्थलबाट फरार भएका छन् । उनको खोजी भइरहेको छ ।

मध्य अमेरिका र क्यारेबियनबाट आएका आप्रवासीहरू अमेरिका पुग्ने आशामा कहिलेकाहीँ ट्रक र ट्रेलरमा मेक्सिको हुँदै यात्रा गर्छन् ।

यसअघि सन् २०२१ मा ग्वाटेमालाको सिमानामा रहेको चियापास राज्यमा आप्रवासी बोकेको ट्रक पल्टिँदा ५५ जनाको मृत्यु भएको थियो भने १०० भन्दा बढी घाइते भएका थिए।

स्पेनको नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु
स्पेनको दक्षिणपूर्वी शहर मर्सिया सहरमा रहेका तीन नाइट क्लबमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

ला फोन्डा भनेर चिनिने फोन्डा मिलाग्रोस नाइटक्लबमा आइतबार बिहान आगलागी भएको थियो । त्यसपछि यो छिमेकी क्लबहरूमा फैलिएको थियो ।

स्थानीय सञ्चारमाध्यमले मृतकमध्ये जन्मदिन मनाउने परिवारका सदस्यसमेत रहेको जनाएका छन् । प्रहरीका अनुसार मृत्यु भएका सबै ला फोन्डाका छन् । घटनामा १४ जना बेपत्ता भएको बताइएको छ । जसका कारण मृतकको संख्या बढ्न सक्ने जनाइएको छ ।

आगलागी भएको क्लब मर्सियाको एटालायस क्षेत्रमा अवस्थित छ । राष्ट्रिय प्रहरीका डिएगो सेरलले आगलागी पछि क्लबको छत भत्किएको थियो । घटनाबारे अनुसन्धान भइरहेको छ ।

युक्रेनको समर्थनबाट अमेरिका पछि हट्दैन : बाइडेन
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको समर्थनबाट अमेरिका पछि नहट्ने बताएका छन् ।

अमेरिकी संसदमा आइतबार अल्पकालीन विधेयक पारित भएको केही समय पछि राष्ट्रपति बाइडेनले सो कुरा बताएका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति बाइडेनले भने, ‘अमेरिकी र युक्रेनीहरूलाई आश्वासन दिन चाहन्छु कि हाम्रो समर्थनमा भरोसा गर्न सक्नुहुन्छ।’

उनले अमेरिका युक्रेनको साथबाट पछि नहट्ने उल्लेख गर्दै रिपब्लिकनहरूलाई युक्रेनको समर्थनको बारेमा बोल्न पनि आह्वान गरेका छन्।

उनले भने, ‘मलाई आशा छ कि मेरा साथीहरूले युक्रेनलाई समर्थन गर्नेछन् । हामी युक्रेनका लागि अमेरिकी समर्थनलाई कुनै पनि हालतमा अवरोध हुन दिनेछैनौँ ।’

यतिबेला अमेरिकामा शट डाउनको सङ्कटमा छ । यसका बाबजुद पनि अमेरिका युक्रेनप्रति प्रतिबद्ध देखिएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई समर्थन गर्न वाशिङ्टन पछि नहट्ने बताएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ६ : ३८ बजे

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपरासी– जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा

अफगानिस्तानको बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं– मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५०

राष्ट्रियसभाको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

पृथ्वीराजमार्ग अन्तर्गत रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक