फाइल फोटो

अन्तर्राष्ट्रिय

इजरायली आक्रमणबाट जबलिया शरणार्थी शिविरका दुईसय जना मारिए 

By खबरहब

November 02, 2023

काठमाडौँ– इजरायलले गाजापट्टीमा गरेको आक्रमणमा जबलिया शरणार्थी शिविरमा शरण लिइरहेका झण्डै दुईसय जना मारिएका छन् । यस्तै एक सयभन्दा बढी बेपत्ता छन् । 

गाजाको सरकारी मिडिया कार्यालयले प्रकाशित गरेको पछिल्लो रिपोर्ट अनुसार २४ घण्टाभन्दा कम अवधिमा जबलिया शरणार्थी शिविरमा पहिलो र दोस्रो इजरायली बम विष्फोटका पीडितको संख्या १ हजार नाघेको छ।

अलजजिराका अनुसार सो आक्रमणमा परी हालसम्म १ सय ९५ जना मारिएको पुष्टि भएको छ भने १२० जना अझै बेपत्ता रहेका छन् । कम्तिमा पनि ७७७ जना घाइते भएका छन् ।

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले जबलियामा मङ्गलबार र बुधबार भएको इजरायली हमलाहरूलाई ‘भयानक’ भनेका छन् ।

उता, मानव अधिकारका लागि संयुक्त राष्ट्र उच्चायुक्तले ‘असमान आक्रमणहरू युद्ध अपराध’ हुन सक्ने बताएको छ । इजरायलले भने हमासका एक कमाण्डरलाई निशाना बनाएर आक्रमण गरेको बताएको छ ।