इजरायली आक्रमणबाट जबलिया शरणार्थी शिविरका दुईसय जना मारिए  « Khabarhub

इजरायली आक्रमणबाट जबलिया शरणार्थी शिविरका दुईसय जना मारिए 


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इजरायलले गाजापट्टीमा गरेको आक्रमणमा जबलिया शरणार्थी शिविरमा शरण लिइरहेका झण्डै दुईसय जना मारिएका छन् । यस्तै एक सयभन्दा बढी बेपत्ता छन् । 

गाजाको सरकारी मिडिया कार्यालयले प्रकाशित गरेको पछिल्लो रिपोर्ट अनुसार २४ घण्टाभन्दा कम अवधिमा जबलिया शरणार्थी शिविरमा पहिलो र दोस्रो इजरायली बम विष्फोटका पीडितको संख्या १ हजार नाघेको छ।

अलजजिराका अनुसार सो आक्रमणमा परी हालसम्म १ सय ९५ जना मारिएको पुष्टि भएको छ भने १२० जना अझै बेपत्ता रहेका छन् । कम्तिमा पनि ७७७ जना घाइते भएका छन् ।

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले जबलियामा मङ्गलबार र बुधबार भएको इजरायली हमलाहरूलाई ‘भयानक’ भनेका छन् ।

उता, मानव अधिकारका लागि संयुक्त राष्ट्र उच्चायुक्तले ‘असमान आक्रमणहरू युद्ध अपराध’ हुन सक्ने बताएको छ । इजरायलले भने हमासका एक कमाण्डरलाई निशाना बनाएर आक्रमण गरेको बताएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  ७ : ५१ बजे

म्याग्दी नदीको कटान नियन्त्रणका लागि पर्खाल निर्माण सुरु

म्याग्दी– म्याग्दी सदरमुकाम बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि

बन्दीपुरका होटलमा पर्यटक भरिभराउ, व्यवसायी उत्साहित

तनहुँ– तनहुँको बन्दीपुरमा सात महिनामा २१ हजार बढी विदेशी पर्यटकले

ला लिगाः एस्पान्योलको आत्मघाती गोल उपहार पाएको सेभिल्ला पराजित

काठमाडौं – ला लिगा फुटबटमा गएराति भएको खेलमा सेभिल्ला पराजित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

खेलको १३ औं मिनेटमा रातोकार्ड पाएको एभर्टनले हरायो म्यानचेस्टरलाई

काठमाडौं – खेल सुरु भएको १३ औं मिनेटमा रातोकार्ड पाएको