टी–ट्वान्टी विश्वकप छनोट : ओमानविरुद्ध नेपाल फिल्डिङमा  | Khabarhub Khabarhub

टी–ट्वान्टी विश्वकप छनोट : ओमानविरुद्ध नेपाल फिल्डिङमा 


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपाल  र ओमान खेलिरहेका छन् ।

काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ओमान ब्याटिङमा उत्रिएको छ ।

समूहगत चरणको अन्तिम खेलअघि नै नेपाल र ओमान समूह ‘ए’ बाट सेमिफाइनलमा भने पुगिसकेका छन् । आज हुने खेलले समूह बितेको टुङ्गो लगाउने छ ।

जारी प्रतियोगितामा नेपालले सिंगापुरलाई ८ र मलेसियालाई ६ विकेटले हराएको थियो भने ओमानले मलेसियालाई ३२ र सिंगापुरलाई २२ रनले पराजित गरेको थियो ।

टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाल र ओमानबीच चार खेल भएका छन् । जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ ।

कात्तिक १९ गतेसम्म चल्ने प्रतियोगितामा ८ देश सहभागी छन् । जसअन्तर्गत समूह ‘ए’ मा नेपालसहित सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् ।

यस छनोटमा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् भने फाइनल पुग्ने दुई टोली सोझै विश्वकपलाई छानिन्छन् । फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकप खेल्न पाउने छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  ९ : ०२ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ