बारपाक सुिलकोटमा व्यवसाय दर्ता शिविर सञ्चालन | Khabarhub Khabarhub

बारपाक सुिलकोटमा व्यवसाय दर्ता शिविर सञ्चालन


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्र करको दायरा बढाउदै लैजाने उदेश्यले व्यवसाय दर्ता तथा नवीकरण शिविर सञ्चालन गरेको छ । पालिकाभित्रका व्यवसायीलाई सहज हुनेगरी गाउँपालिकाले वडावडामा व्यवसाय दर्ता तथा नवीकरण शिविर सुरु गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए।

भौगोलिक हिसाबले छरिएर रहेको गाउँपालिकाले वडा नं १ र २ स्थित बारपाकबाट बुधबारदेखि शिविर सञ्चालन गर्न सुरु गरेको हो । शिविरले व्यवसायीलाई सुविधासँगै व्यवसाय सञ्चालन गरेर पनि करको दायरा बाहिर रहेका व्यवसायीलाई करको दायरामा ल्याउन र नवीकरण नगरेका व्यवसायीलाई नवीकरणका लागि प्रोत्साहन पुग्ने उनले बताएका छन् ।

‘करको दायरामा नआएकालाई करको दायरामा ल्याउन र दर्ता भएर पनि नवीकरण नगरेका व्यवसाय नवीकरण गराउदा गाउँपालिकाको राजस्व संकलनमा पनि वृद्धि हुन्छ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तलुसीराम आचार्यले भने, ‘यसबाट नवीकरण गरेर व्यवसाय सञ्चालन गर्नुपर्छ भन्ने सचेतना पनि गाउँगाउँमा पुगेको छ । व्यवसायीलाई पालिकासम्म धाउनुपर्ने बाध्यताको पनि अन्त्य भएको छ ।’

भौगोलिक विकटताका कारण गाउँपालिका कार्यालयसम्म आउनका लागि केही वडाबाट बासिन्दालाई समस्या रहेको उनले बताए । ‘कार्यालयसम्म धाएर आउँदा एउटा व्यवसायीको रु चार-पाँच हजारसम्म खर्च हुन्छ’, उनले भने, ‘गाउँपालिकाले नै शिविर सञ्चालन गरेर वडावडामा पुगेपछि व्यवसायीलाई पनि सहज भएको छ ।’

गाउँपालिकाको केन्द्रसम्म आउनजानका लागि सहज भएका वडाबाहेक बाँकी सबै वडामा व्यवसाय दर्ता शिविर सञ्चालन गरिने उनले बताए । शिविरमा आएर व्यवसाय दर्ता गर्नेलाई तत्काल नै दर्ता प्रमाणपत्रसमेत उपलब्ध गराउँदै आएको छ । व्यवसाय दर्ताका लागि पालिकासम्म आउनका लागि  असहज भएको नागरिकको गुनासोसमेत रहेको थियो ।

गाउँपालिकाका योजना तथा प्रशासन शाखाका प्रमुख ईश्वरीप्रसाद पनेरु नेतृत्वको टोलीले शिविर सञ्चालन गरिरहेको छ । वडास्तरमै शिविर सञ्चालन भएपछि व्यवसाय दर्ता तथा नवीकरण गर्नका लागि पालिका कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । 

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  २ : १३ बजे

नेपालको प्रशासनमा आधुनिक शक्ति कहिल्यै माथि आउन सकेन

आजभन्दा १५–२० वर्ष अगाडि र अहिले पनि नेपालको प्राथमिक बाधक

बागमती प्रदेशसभा बैठक बस्दै

बागमती– बागमती प्रदेशसभा बैठक आज (सोमबार) बस्दैछ । बैठकमा बागमती

टीकापुर नगरपालिकामा प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइँदै

कैलाली-  कैलालीकाे टीकापुर नगरपालिकाले आगामी साउन १ गतेदेखि प्लास्टिकका झोलाको

‘भोजपुर प्रतिभा पुरस्कार’बाट शाक्य पुरस्कृत

भोजपुर– प्रत्येक वर्ष प्रदान गरिँदै आएको ‘भोजपुर प्रतिभा पुरस्कार’बाट टक्सार

टुङ्गोमा पुगेन हमास र इजरायलको वार्ता

दोहा – इजरायल र हमासबीच आइतबार भएको वार्ता बिना निष्कर्ष