लयमा फर्कन सकेन घोडेपानीको पर्यटन व्यवसाय | Khabarhub Khabarhub

लयमा फर्कन सकेन घोडेपानीको पर्यटन व्यवसाय


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– केही वर्षअघिसम्म असोज–कात्तिकचैत–वैशाखको याममा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीको होटल व्यवसायी जुली ठकुरी पुनलाई खाना खाजा खाने फुर्सद हुने थिएन् । 

पर्यटकको ‘पिक सिजन’ असोज–कात्तिकको याममा पछिल्लो पाँच वर्षयता उनलाई पहिलेको जस्तो भ्यानभ्याइ छैन् । घोडेपानीकै होटल व्यवसायी सपना गुरुङ पनि जुली जस्तै फुर्सदिलो छिन् । कोरोना भाइरसको महामारी फैलिएपछि सुस्ताएको घोडेपानीको पर्यटन आगमन र होटल व्यवसाय अझै लयमा फर्कनसकेको छैन् । 

विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको विभिन्न गन्तव्यमा जाने नाकामा रहेको घोडेपानी नेपालकै प्रसिद्ध पर्यटकीयस्थल हो । कोरोनाले थला परेको पर्यटक आगमन पुरानोलयमा फर्कन नसक्दा होटल व्यवसाय प्रभावित बनेको घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले बताइन् । ‘पहिला याममा सबै होटल पाहुनाले भरिभराउ हुन्थे । अहिले दुई चार वटामा मात्र पाहुना छन् । त्यही पनि नियमित छैन,’ उनले भनिन् ‘कोरोना महामारीको समयको तुलनामा अहिलेको पर्यटक आगमन राम्रो त हो तर कोरोना शुरु हुनु अघिको जस्तो छैन् ।’

घोडेपानी आसपासको उल्लेरी, तिखेढुङ्गा, चित्रे, शिख क्षेत्रका होटल व्यवसायीको अवस्था झन नाजुक छ । घोडेपानीमा दैनिक एक हजार जना बास बस्न सक्ने क्षमताका साना ठूला गरी ३०  होटल छन् । दसैँ–तिहारको याममा घोडेपानीमा स्वदेशी पर्यटकको चाप पनि उत्तिकै हुने गरेको थियो । घोडेपानीको होटल व्यवसायी ज्ञानबहादुर पुनले कोरोना महामारीपछि विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दिको असर पर्यटक आगमन र होटल व्यवसायमा परेको बताइन् । ‘कोरोनाले सबैको आम्दानीमा असर गरेको छ । आम्दानी कम हुँदा घुमघाम गर्न निस्कने घटेका हुन,’ उनले भने ‘आएकाले पनि खर्च र भ्रमण गर्ने समय छोट्याएका छन् ।’

विसं २०८० सुरु भएयता म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रमा पन्ध्र हजार जना विदेशी पर्यटकले भ्रमण गरेका पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ । पर्यटक प्रहरी हबल्दार रामबहादुर खत्रीका अनुसार विसं २०७९ मा २६ हजार तीन सय ११ जना पर्यटकले घोडेपानी पुनहिल क्षेत्रको भ्रमण गरेका थिए ।

कोरोना अघि वार्षिक ६० देखि ७० हजार पर्यटक आउने गरेका थिए । समुद्र सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जङ्गल र हिमशृङ्खलाको अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्दछन् । पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ । सूर्योदयको दृष्य अवलोकन गर्न पाउनु पनि पुनहिलको अर्को विशेषता हो । घोडेपानी र पुनहिल क्षेत्रमा गण्डकी प्रदेशकै ठूलो लालीगुराँसको जङ्गल छ । 

अन्नपूर्ण राउन्ड गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी हुँदै र नागी–महरे हुँदै गरी चारवटा नाकाबाट पर्यटक घोडेपानी भित्रिने गरेका छन् । म्याग्दीको पोखरेबगर घार शिख चित्रे हुँदै घोडेपानी सडकमा सवारीसाधन भएर पुग्न सकिन्छ । घोडेपानीमा बास बस्ने पर्यटक एका बिहानै पुनहिल भ्रमणमा जाने गर्दछन् । 

विदेशी पर्यटक आगमन कम भएकाले नेपाली पर्यटकलाई आकर्षित गराउन छुटको कार्यक्रम ल्याएका छन् । घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक कालोपत्रको अन्तिम चरणमा रहेकाले सडक मार्गबाट आउने स्वदेशी पर्यटक बढ्ने अपेक्षा गरिएको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए । 

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  २ : ३८ बजे

बाढीमा हामफालेका राजवंशीको शव भेटियो

झापा – जिल्लाको गौरीगञ्ज गाउँपालिका–२ पश्चिम भाकुरमारीस्थित कृष्णे खोलामा आएको

बाढीपहिरोले खोटाङमा २७ घर पुरिए

खोटाङ – अविरल वर्षासँगै आएको बाढी तथा पहिराले खोटाङमा २७

विपदबाट पीडितलाई बागमती सरकारले तत्काल राहत दिने

बागमती – बागमती प्रदेश सरकारले बाढी तथा पहिरोलगायत विपद्बाट पीडित

बाढीपहिरोमा परेका जनताको उद्धारमा जुट्न माओवादी केन्द्रको अपिल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बाढी, पहिरो र

उत्तरी गोरखाको साम्दोमा हिमपात

गोरखा – उत्तरी गोरखामा भारी हिमपात परेको छ । जिल्लाको