लयमा फर्कन सकेन घोडेपानीको पर्यटन व्यवसाय « Khabarhub

लयमा फर्कन सकेन घोडेपानीको पर्यटन व्यवसाय


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– केही वर्षअघिसम्म असोज–कात्तिकचैत–वैशाखको याममा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीको होटल व्यवसायी जुली ठकुरी पुनलाई खाना खाजा खाने फुर्सद हुने थिएन् । 

पर्यटकको ‘पिक सिजन’ असोज–कात्तिकको याममा पछिल्लो पाँच वर्षयता उनलाई पहिलेको जस्तो भ्यानभ्याइ छैन् । घोडेपानीकै होटल व्यवसायी सपना गुरुङ पनि जुली जस्तै फुर्सदिलो छिन् । कोरोना भाइरसको महामारी फैलिएपछि सुस्ताएको घोडेपानीको पर्यटन आगमन र होटल व्यवसाय अझै लयमा फर्कनसकेको छैन् । 

विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको विभिन्न गन्तव्यमा जाने नाकामा रहेको घोडेपानी नेपालकै प्रसिद्ध पर्यटकीयस्थल हो । कोरोनाले थला परेको पर्यटक आगमन पुरानोलयमा फर्कन नसक्दा होटल व्यवसाय प्रभावित बनेको घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले बताइन् । ‘पहिला याममा सबै होटल पाहुनाले भरिभराउ हुन्थे । अहिले दुई चार वटामा मात्र पाहुना छन् । त्यही पनि नियमित छैन,’ उनले भनिन् ‘कोरोना महामारीको समयको तुलनामा अहिलेको पर्यटक आगमन राम्रो त हो तर कोरोना शुरु हुनु अघिको जस्तो छैन् ।’

घोडेपानी आसपासको उल्लेरी, तिखेढुङ्गा, चित्रे, शिख क्षेत्रका होटल व्यवसायीको अवस्था झन नाजुक छ । घोडेपानीमा दैनिक एक हजार जना बास बस्न सक्ने क्षमताका साना ठूला गरी ३०  होटल छन् । दसैँ–तिहारको याममा घोडेपानीमा स्वदेशी पर्यटकको चाप पनि उत्तिकै हुने गरेको थियो । घोडेपानीको होटल व्यवसायी ज्ञानबहादुर पुनले कोरोना महामारीपछि विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दिको असर पर्यटक आगमन र होटल व्यवसायमा परेको बताइन् । ‘कोरोनाले सबैको आम्दानीमा असर गरेको छ । आम्दानी कम हुँदा घुमघाम गर्न निस्कने घटेका हुन,’ उनले भने ‘आएकाले पनि खर्च र भ्रमण गर्ने समय छोट्याएका छन् ।’

विसं २०८० सुरु भएयता म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रमा पन्ध्र हजार जना विदेशी पर्यटकले भ्रमण गरेका पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ । पर्यटक प्रहरी हबल्दार रामबहादुर खत्रीका अनुसार विसं २०७९ मा २६ हजार तीन सय ११ जना पर्यटकले घोडेपानी पुनहिल क्षेत्रको भ्रमण गरेका थिए ।

कोरोना अघि वार्षिक ६० देखि ७० हजार पर्यटक आउने गरेका थिए । समुद्र सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जङ्गल र हिमशृङ्खलाको अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्दछन् । पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ । सूर्योदयको दृष्य अवलोकन गर्न पाउनु पनि पुनहिलको अर्को विशेषता हो । घोडेपानी र पुनहिल क्षेत्रमा गण्डकी प्रदेशकै ठूलो लालीगुराँसको जङ्गल छ । 

अन्नपूर्ण राउन्ड गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी हुँदै र नागी–महरे हुँदै गरी चारवटा नाकाबाट पर्यटक घोडेपानी भित्रिने गरेका छन् । म्याग्दीको पोखरेबगर घार शिख चित्रे हुँदै घोडेपानी सडकमा सवारीसाधन भएर पुग्न सकिन्छ । घोडेपानीमा बास बस्ने पर्यटक एका बिहानै पुनहिल भ्रमणमा जाने गर्दछन् । 

विदेशी पर्यटक आगमन कम भएकाले नेपाली पर्यटकलाई आकर्षित गराउन छुटको कार्यक्रम ल्याएका छन् । घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक कालोपत्रको अन्तिम चरणमा रहेकाले सडक मार्गबाट आउने स्वदेशी पर्यटक बढ्ने अपेक्षा गरिएको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए । 

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  २ : ३८ बजे

यो चुनावमा पनि कसैको बहुमत आउँदैन, सरकार बनाउने र ढाल्ने पुरानै दुष्चक्रमा देश फस्छ : सुरेन्द्र पाण्डे

काठमाडौं- नेकपा एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डे एमालेको बौद्धिक र विज्ञ

देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा

तानसेन– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश बदल्ने जनताको सपना

आचारसंहिता कडाइका साथ पालना गर्न अनुरोध

लुम्बिनी– रूपन्देही जिल्लास्थित निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहिता विपरीतका

विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’

काठमाडौं- विश्व प्रेस काउन्सिलका उपाध्यक्ष एवम् वरिष्ठ पत्रकार किशोर श्रेष्ठ

शेख हसीनालाई सत्ताबाट हटाएका विद्यार्थीहरूको पार्टी पहिलो चुनावमै बढारियो

ढाका- बंगलादेशमा सम्पन्न चुनावमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले ऐतिहासिक