अर्थतन्त्रको संकट समाधान गर्न सर्वपक्षीय सम्मेलन जरुरी : उपाध्यक्ष पौडेल | Khabarhub Khabarhub

अर्थतन्त्रको संकट समाधान गर्न सर्वपक्षीय सम्मेलन जरुरी : उपाध्यक्ष पौडेल


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संविधानको प्रभावकारी कार्यान्वयनका लागि सदन प्रभावकारी हुनपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले प्रतिपक्षले उठाएको आवाज सदनमार्फत सरकारले सुन्नुपर्नेमा जोड दिए । 

‘चालु अधिवेशनमा कहीँ नभएको अभ्यास भएको छ । प्रधानमन्त्री विदेश गए पनि कार्यवाहक प्रधानमन्त्री हुन्छ । तर यहाँ प्रधानमन्त्री विदेश गएको बेलामा सदन बन्द गरियो’, एमाले नेता पौडेलले भने, ‘यस अवधिमा अनुचित लेनदेनसम्बन्धी कानुनमा संशोधनबाहेक अरु कुनै पनि काम गर्न सकेनौँ ।’ सदनमा आउनुपर्ने विषय नआएको र सात महिनासम्म एउटा मात्र कानुन बन्नुमा सरकार जिम्मेवार रहेको उनको भनाइ थियो । उनले सदनमा सरकारले सांसदहरूको भूमिका कमजोर बनाउने काम गरेको आरोप लगाए । 

उपाध्यक्ष पौडेलले सदनमा सांसदहरुले उठाएको प्रश्नको सरकारले बेवास्ता गरेको टिप्पणी गरेका छन् । मुलुकमा सुन तस्करी बढेका बेला धेरै मेहनत गरेपछि जाँचबुझ आयोग बनाएको तर त्यो अनुसन्धानमा सरकारले प्रभावकारी ढङ्गले गर्न चाहेको नदेखिएको बताए ।

हाँले मुलुकमा हिंसा, बलात्कारजस्ता घटना बढिरहेको र कानुनले दोषी ठहर गरेका व्यक्तिलाई सरकारबाट आममाफी दिँदा छुटेको भोलिपल्ट फेरि अपराध कर्ममा लागेको घट्नाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराए । ‘संविधान र कानुन विरुद्धमा अनेकन प्रकारका काम भइरहेका छन् । सरकारको ध्यान त्यसतर्फ जान सकेको छैन”, नेता पौडेलले भने, “समाजमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सरकारको ध्यान जान सकेको छैन । विधिको शासनको सट्टामा कानुन हातमा लिने काम भएको छ । स्वेच्छाचारितालाई नियन्त्रण गर्न सरकार गम्भीर हुन सकेको छैन ।’ 

उनले शान्ति प्रक्रियामा विलम्ब गर्न नहुने बताउँदै शान्ति प्रक्रियाको बाँकी काम छिट्टै टुङ्ग्याउनुपर्छ भन्नेमा एमालेको स्पष्ट धारणा रहेको बताए । उनी देशको मुलुकको अर्थतन्त्र संकटमा रहेको बताउँदै अर्थतन्त्रलाई संकट समाधान गर्न सत्तापक्ष र प्रतिपक्ष सबै मिलेर महासम्मेलन गर्न जरुरी रहेकोमा जोड दिएका छन् ।

उनले भने, ‘तथ्यांकले देशको अर्थतन्त्र संकटमा छ भन्ने देखाउँछ । समस्या दिनदिनै विकराल बन्दै गएको छ तर सरकार बेखबर छ । सरकारले निर्माण सम्पन्न भएको आयोजनाको भुक्तानी दिन सकेको छैन । अर्थतन्त्रको संकट समाधान गर्न सरकार असफल भएको छ ।’ सरकारले भैरहवा, पोखरा विमानस्थल सम्पन्न भएका आयोजना सञ्चालन गर्न नसकेको उनले आरोप लगाए । 

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  ३ : ०७ बजे

सहकारीमा कार्यरत रेश्मिका मृत भेटिइन्

खोटाङ– दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २८ वर्षीया रेश्मिका सिवा परियार

स्रोत जुगाडमा अन्तरिम सरकार : शहरी मन्त्रालयका कयौँ योजना काटिन सक्ने

काठमाडौँ – सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चालु आर्थिक वर्ष

गाजामा इजरायली सेनाको व्यापक आक्रमण, बासिन्दालाई सहर छाड्न चेतावनी

एजेन्सी– एक रातको तीव्र हवाई आक्रमणपछि इजरायली सेनाले मंगलबार गाजा

अफगान सीमा नजिक पाकिस्तानी सेनाको कारवाहीमा ३१ तालिबान लडाकूको मृत्यु

इस्लामावाद- पाकिस्तानी सेनाले अफगानिस्तानसँगको सीमा नजिक दुई अलग कारबाहीमा ३१

महोत्तरीका सबै प्रहरी युनिटबाट सेवा सञ्चालन

जलेश्वर–  ‘जेनजी पुस्ता’को आन्दोलनबाट प्रभावित भएका जिल्लास्थित नेपाल प्रहरीका सबै