दक्षिण कोरियाका कृषिमन्त्री र राष्ट्रपति पौडेलबीच भेट « Khabarhub

दक्षिण कोरियाका कृषिमन्त्री र राष्ट्रपति पौडेलबीच भेट


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसँग गणतन्त्र कोरियाका कृषि, खाद्य तथा ग्रामीण मामिलामन्त्री चुङ वाङ केन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । 

त्यस अवसरमा राष्ट्रपतिले नेपाल र गणतन्त्र कोरियाबीचको सम्बन्ध पछिल्ला वर्षमा अझ प्रगाढ हुँदै गएकामा खुशी व्यक्त गरे। साथै उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा कोरिया भरपर्दो साझेदारका रूपमा रहेको बताएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)मार्फत नेपालले प्राविधिक सहयोग एवं जनशक्ति विकासलगायत विभिन्न क्षेत्रमा प्राप्त सहायताका निम्ति कोरिया सरकारप्रति कृतज्ञता ज्ञापन गरे ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  ५ : १४ बजे

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

बडादसैँको दोस्रो दिन मैतीदेवी मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको आज दोस्रो दिन । आज दसैँ

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा