खेलकुदमन्त्री लिम्बू र रुसका राजदूत नोभिकोभबीच भेट | Khabarhub Khabarhub

खेलकुदमन्त्री लिम्बू र रुसका राजदूत नोभिकोभबीच भेट


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र नेपालका लागि रुसका राजदूत एलेक्सेइनोभिकोभबीच आज भेटवार्ता भएको छ । सिंहदरबारस्थित खेलकुदमन्त्री लिम्बूको कार्यकक्षमा भएको उक्त भेटमा सन् २०२४ को मार्चमा रुसको कजानमा हुने ‘गेम्स अफ फ्युचर’ का साथै खेलकुदका विविध पक्षबारे छलफल भएको थियो ।

राजदूत नोभिकोभले गेम्समा नेपालको सहभागिताबारे यकिन हुन चाहेको बताउँदै गेम्सको उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समय मिले त्यसको तयारी गर्न रुस तयार रहेको बताए।

खेलकुदमन्त्री लिम्बूले नेपाल–रुसबीचको लामो र सुमधुर सम्बन्धलाई यस्ता कार्यक्रमले अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै गेम्समा सहभागिताका लागि गम्भीर रहेको बताए।

सो अवसरमा सन् २०२४ मा रुसकै सोचीमा मार्चमै हुने विश्व युवा महोत्सवमा नेपालको सहभागिताबारे पनि कुराकानी भएको थियो । सोही अवसरमा युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  ७ : ३० बजे

बन्दीपुर गाउँपालिकालाई एक करोडको जग्गा

तनहुँ– बन्दीपुर गाउँपालिका–४ निवासी पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले बन्दीपुर गाउँपालिकालाई

भ्रमण वर्ष सफल पार्न पर्यटन बोर्ड र महानगरबीच सम्झौता

भरतपुर– नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच ‘भरतपुर भ्रमण वर्ष

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक

सिकलसेलबाट बच्न विवाह अगाडि रगत जाँच अनिवार्य

काठमाडौं – कुनै रोग जाति र समुदाय अनुसार हुन्छ र

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संसद