नेपाल सुपर लिग : आज झापा र पोखरा तथा धनगढी र ललितपुर खेल्ने | Khabarhub Khabarhub

नेपाल सुपर लिग : आज झापा र पोखरा तथा धनगढी र ललितपुर खेल्ने


१६ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदै छन् । जसअन्तर्गत आज झापा एफसी र पोखरा थन्डर्स तथा धनगढी एफसी र ललितपुर सिटि एफसी बीच प्रतिस्पर्धा हुनेछ ।

दशरथ रंगशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा झापा र पोखरा भिड्ने छन् । लिगमा झापाको यो दोस्रो खेल हो भने पोखरा तेस्रो खेल खेल्दैछ ।

पोखरा यसअघिका खेलमा अपराजित रहेको छ । पहिलो खेलमा चितवन एफसीलाई हराएको पोखराले दोस्रो खेलमा ललितपुर सिटीसँग गोलरहित बराबरी खेलेको थियो । झापा पहिलो खेलमा स्पोर्टिङ इलामसँग पराजित भएको थियो । दुई खेलबाट पोखराकाेअंक छ भने झापा अंकविहीन छ ।

यस्तै, आजै साँझ साढे ५ बजे हुने दोस्रो खेलमा धनगढी र ललितपुरबीच प्रतिस्पर्धा हुनेछ । जारी लिगमा धनगढी अपराजित रहेको छ । उसले पहिलो खेलमा वीरगञ्ज युनाइटेड र दोस्रो खेलमा बुटवल लुम्बिनीलाई हराएको थियो । लिगमा धनगढी ६ अंकका साथ शीर्षस्थानमा छ ।

त्यस्तै ललितपुर पनि अपराजित छ । उसले पहिलो खेलमा बुटवल लुम्बिनीलाई जितेको थियो भने पोखरासँग गोलरहित बराबरी गरेको थियो । लिग तालिकामा ललितपुर ४ अंकसहित दोस्रो स्थानमा  छ ।

 

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ९ : १७ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका