अर्जुनधारा जलेश्वर धाममा चार लाख पर्यटक भित्र्याउने तयारी « Khabarhub

अर्जुनधारा जलेश्वर धाममा चार लाख पर्यटक भित्र्याउने तयारी


१६ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको अर्जुनधारा जलेश्वर धामले बालाचतुर्दशी मेलाको अवसरमा चार लाख धार्मिक पर्यटक भित्र्याउने लक्ष्यसहित तयारी गरेको छ ।

पूर्वको पशुपतिनाथका रुपमा परिचित उक्त धामले ४१औँ वार्षिक अनुष्ठानको आयोजना गरी चार लाख धार्मिक पर्यटक भित्र्याउने तयारी थालेको हो ।

विसं २०३९ देखि यहाँ प्रत्येक वर्ष वार्षिक अनुष्ठान हुँदै आएको धाम समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिए । मङ्सिर १७ देखि २५ गते (बालाचतुर्दशीका दिनसम्म) नौ दिवसीय श्रीमद्देवीभागवत महापुराण गरिने जनाउँदै मङ्सिर १९ देखि २४ गतेसम्म दैनिक योग साधना शिविरको आयोजना गरी सो पर्यटक भित्र्याउने तयारी गरिएको बताए ।

यस वर्षको मेलामा नेपाल, भारत र भूटानका चार लाख धार्मिक तीर्थयात्री आउने अपेक्षा गरिएको गट्टानीको भनाइ थियो । अर्जुनधारा जलेश्वर धाम झापाको अर्जुनधारा नगरपालिका–७ शनिश्चरेमा रहेको छ ।

सरकारले नेपालका एक सय पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत गरेको यो धाममा पशुपतिनाथकै जस्तो पेगोडा शैलीमा शिव मन्दिर, चार ढोका र तामाको छानो निर्माण गरिएको उनले जानकारी दिए । उनका अनुसार मन्दिरको तस्वीरलाई सरकारले हुलाक टिकटमा सङ्केत अङ्कित गरिसकेको छ ।

महाभारतकालीन किंवदन्तीअनुसार पाँच पाण्डवले गुप्तबास बसेकाबेला अर्जुनले तिर्खाएका विराट राजाका गाईहरूको प्यास मेटाउन धनुषवाण हानेर धरतीभित्रबाट जलधारा निकालेको पवित्र स्थानका रुपमा यस धामलाई मानिएको छ ।

अध्यक्ष गट्टानीका अनुसार अहिले धाम परिसरमा रहेको ठूलो पोखरीको माझमा अर्जुनले धनुषवाण हानिरहेको मूर्ति स्थापना गरिएको छ भने पानीको धारा अनवरत बगिरहेको छ ।

बालाचतुर्दशीका अवसरमा आयोजना हुने अनुष्ठानमा भारतको प्रसिद्ध पतञ्जलि योगपीठ हरिद्वारका आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण प्रमुख अतिथिका रुपमा आउने धाम समितिका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए ।

उनका अनुसार आचार्य बालकृष्णसहित पतञ्जलि योगपीठका योग प्रशिक्षकको टोली धाममा आएर ६ दिनसम्म योग साधना गराउने कार्यक्रम तय भएको छ ।

धाममा हजारौँको सङ्ख्यामा आउने धार्मिक भक्तजनले मुलुकको पर्यटकीय क्षेत्रमा सकारात्मक प्रभाव पार्ने जोशीको भनाइ छ । उनका अनुसार आचार्य बालकृष्णले धाम परिसरमा निर्मित खडेबाबा स्मृति उद्यानको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।    

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  १२ : १३ बजे

सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं

काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सिंहदरबार जलेको तस्बिर

सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख

काठमाडौं – संखुवासभाको एउटै गाउँका किसानले अलैँची खेतीबाट एक करोड

प्राध्यापकको कटाक्ष- ‘लोकसेवा फेल र दलका कार्यकर्ताले पाठ्यपुस्तक लेख्दा नेपाली भाषा ध्वस्त’

नेपाली भाषाको शुद्धताको बारेमा लामो समयदेखि विवाद हुँदै आएको छ।

डुबेर तीन वर्षीय बालकको निधन

झापा – झापा गाउँपालिका–२ सडकबारीमा खेल्ने क्रममा पानी जमेको खाल्डोमा