औषधिजन्य फोहर निर्मूलीकरणमा समस्या « Khabarhub

औषधिजन्य फोहर निर्मूलीकरणमा समस्या


१६ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

राँझा– बाँकेको बैजनाथ गाउँपालिकास्थित वनकटवा प्राथमिक स्वास्थ्य केन्द्रमा अटोक्लेभ (औषधिजन्य फोहर विसर्जन गर्ने मेसिन) सञ्चालन नहुँदा औषधिजन्य फोहर निर्मूलीकरणमा समस्या भएको छ ।

स्वास्थ्य केन्द्रमा औषधिजन्य फोहर विसर्जन गर्ने दुई थान अटोक्लेभ मेसिन भए पनि दुवै सञ्चालन नगरी थन्क्याएर फोहरलाई डम्पिङसाइटमा फाल्ने गरिएको छ ।

औषधिजन्य फोहर डम्पिङसाइटमा पठाउँदा जनस्वास्थ्यमा नकारात्मक असर पर्दै गएको वैजनाथ गाउँपालिकाका नागरिक अगुवा पुनितविक्रम शाहले बताएका छन् । ‘भएको मेसिन थन्क्याएर फोहर खुलेयाम डम्पिङसाइटमा पठाएर मानव स्वास्थ्यमा खेलबाड गर्ने काम भएको छ’, उनले भनेका छन्, ‘मेसिन सञ्चालन गरेर औषधिजन्य फोहर निर्मूलीकरणमा गाउँपालिकाले चासो दिन जरुरी छ ।’

केन्द्रमा एक वर्ष अघि ग्रामीण गेरुवा जागरण सङ्घले अटोक्लेभ मेसिन सहयोग गरेको थियो । एउटा हुँदा हुँदै लुम्बिनी प्रदेश सरकारले अर्को मेसिन केन्द्रलाई दिए पनि उपयोग हुन सकेको छैन । 

मेसिनबाट केही समय औषधिजन्य फोहर निर्मूलीकरण हुँदै आए पनि पाँच महिनायतादेखि फोहर डम्पिङसाइटमा पठाउने गरिएको हो । केन्द्रका निमित्त प्रमुख सिनियर अनमी दुर्गा भण्डारीले एउटा मेसिन बिग्रिएर थन्किएको र प्रदेश सरकारले दिएको नयाँ मेसिन सञ्चालनमा नआएको बताएका छन् । केन्द्रसँग बजेट नहुँदा भएका मेसिन सञ्चालन गर्न नसकिएको उनको भनाइ थियो । 

वैजनाथ–५ का वडाध्यक्ष तथा केन्द्रका सञ्चालन समितिका अध्यक्ष देवबहादुर रावतले अस्पतालजन्य फोहर निर्मूलीकरण गर्ने दुई थान अटोक्लेभ मेसिन थन्क्याएर फोहर ट्रेक्टरलाई दिन बाध्य भएको बताएका छन् ।

गाउँपालिकाका सूचना अधिकारी तप्तराज आचार्यले अटोक्लेभ मेसिन बिग्रिएर औषधिजन्य फोहर पनि डम्पिङसाइटमा पठाएको हुनसक्ने बताउँदै मेसिन सञ्चालनमा आवश्यक प्रक्रिया सुरु गर्ने जानकारी दिए । 

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  १ : ५१ बजे

काठमाडौंमा वायु प्रदूषण बढ्यो : एक्युआई

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । वर्षात्

पन्ध्र शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण

तनहुँ– यहाँस्थित व्यास नगरपालिका–१० दुम्सीबजारमा १५ शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण

सुनचाँदीको मूल्य आज पनि घट्यो, कतिमा भइरहेको छ ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

पर्यटकको अभावमा वनकरिया बस्तीको ‘होमस्टे’ बन्द

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–४ मुसेधापस्थित लोपोन्मुख वनकरिया बस्तीको घरवास ‘होमस्टे’