भूमिहीन किसानलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता « Khabarhub

भूमिहीन किसानलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता


१६ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

नारायणगढ – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यादेश जारी गरेर भए पनि राष्ट्रिय भूमि आयोगको काम सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

चितवनको नारायणगढमा भएको राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको छैटौँ राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय भूमि आयोगको कामलाई हरहालतमा सफल पारेर भूमिहीन किसानलाई जग्गा प्रदान गर्ने बताए। उनले भने, ‘भूमिहीन किसानलाई जग्गा प्रदान गर्ने जुन उद्देश्य राखेका छौँ हरहालतमा त्यो पूरा गरी छाड्ने संकल्प गरेकाछौँ ।’

उपप्रधानमन्त्रीले संकल्प र प्रतिबद्धता गरेर मात्रै नभई यसमा देखिएका समस्याको समाधानका लागि कानुन संशोधन गरेर भए पनि भूमिहीन किसानको समस्या समाधान गरिछाड्ने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रिय भूमि अधिकार मञ्च नेपालका कार्यवाहक अध्यक्ष मेघबहादुर बिसीको अध्यक्षतामा भएको सम्मेलनको उद्घाटनसत्रमा विभिन्न राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाले बोलेका थिए।  भोलि मञ्चको नयाँ नेतृत्व चयन गरी सम्मेलन सम्पन्न हुनेछ ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ६ : ५३ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा