गण्डकीका सुन्तला विराटनगरमा | Khabarhub Khabarhub

गण्डकीका सुन्तला विराटनगरमा


१६ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरा–५ पस्र्याङ निवासी सुन्तला व्यापारी राजेश कार्कीले कुनै वर्ष एकै दिनमै ११ गाडी सुन्तला बिक्रीका लागि विराटनगर पठाउँथे । तर पछिल्ला वर्ष सोही परिमाणमा सुन्तला मधेसतिर पठाउन सकेका छैनन् ।

‘पकेट’ क्षेत्र मानिने स्याङ्जा, म्याग्दी, बागलुङ, लमजुङ, तनहुँ, पर्वतलगायत जिल्लामा उत्पादित सुन्तला बिक्री गर्ने मुख्य केन्द्र पोखराबजार हो । पोखराबजारमा ल्याइएका सुन्तला लिएर यहाँका व्यापारी पूर्वी तराईका जिल्लासम्म जाने गर्छन् ।

केही वर्षदेखि कास्कीलगायत जिल्लामा सुन्तलाको बोटमा देखापरेको ‘ग्रिनिङ भाइरस’ रोगका कारण यस क्षेत्रमा सुन्तला उत्पादन घटेको छ । सुन्तलामा देखापरेको रोगसँगै साना दाना र बोक्रामा दाग देखापर्ने गरेको कास्कीका किसान भोलाप्रसाद पोखरेलले बताए ।

यस क्षेत्रमा सुन्तला उत्पादन बढी हुने जिल्लाको रूपमा स्याङ्जा मानिदै आएको छ । तर त्यहाँको सुन्तलामा दाग देखिन थालेको व्यापारी राजेश कार्कीले बताए । रसिला नहुँदा र बोक्रामा दाग हुँदा उपभोक्ताका रोजाइँमा स्याङ्जाको सुन्तला कम पर्ने गरेको छ । पश्चिम स्याङ्जाका सुन्तला बिक्रीका लागि केही बुटवल पनि लैजाने गरिएको छ ।

सुन्तलाको बोटमा रोग देखिएकै कारण कास्कीमा भने सुन्तला उत्पादन शून्य प्रायः छ । केही मात्रामा कास्कीको निर्मलपोखरीको दोपरेमा मात्र सुन्तला देख्न सकिन्छ । पछिल्ला वर्ष म्याग्दी, बागलुङ र पर्वतलगायत स्थानका सुन्तला स्वादिष्ट र ग्राहकको रोजाइँमा पर्ने गरेको जानकारी सुन्तला व्यापारी देवीप्रसाद कँडेलले दिए । यहाँ फल्ने सुन्तलामा चिल्ला र पातला बोक्रा हुँदा स्वादिष्ट हुने गरेको उनको भनाइ छ ।

पोखराका उपभोक्ताले यतिबेला सुन्तलाको मूल्य प्रतिकेजी रु ४० देखि एक सय २० रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ । तर किसानले त्योभन्दा निकै कम मूल्य पाउने गरेका छन् । म्याग्दी जिल्ला निवासी सुन्तला व्यापारी मनबहादुर क्षेत्रीले यस वर्ष म्याग्दीबाट तीन खेप सुन्तला पोखरा बजारमा त्याए । तर तिनै पटक नोक्सान व्यहोर्नुपरेको गुनासो सुनाउँदै अब १५ दिन सुन्तला नल्याउने सोचमा छन् ।

गाउँमै पुगेर किसानसँग आफूले रु ७० रुपैयाँमा सुन्तला खरिद गरेको तर पोखरा बजारमा ल्याउँदा त्यो मूल्य पनि पाउन नसकेको उनले दुखेसो व्यक्त गरे । ‘म्याग्दीबाट पोखरा सुन्तला ल्याइ पु¥याउँदा ढुवानी र मजदुरलाई मात्र प्रतिकेजी रु १५ बुुझाउनुपर्ने हुन्छ, क्षेत्रीले भने, “म्याग्दी र बाग्लुङको सुन्तला स्वादिष्ट र केही महङ्गो पर्छ भन्ने कुरा उपभोक्ताले बुझ्न नसक्दा घाटा पनि व्यहोर्नुपरेको छ ।”

स्याङ्जाबाट ल्याउदा प्रतिकेजी ढुवानी र मजदुर लागत रु सात पर्ने र सुन्तलाको मूल्य सस्तो पर्ने भएकाले व्यापारीले नोक्सान व्यहोर्नुनपर्ने भनाइ क्षेत्रीको छ । तराई क्षेत्रका जिल्लामा यस वर्ष सुन्तला खपत कम भएको जानकारी क्षेत्रीले दिए । सुन्तला जातको किबु तराईका जिल्लामा प्रतिकेजी रु ३० मा पाइने भएकाले पनि यस क्षेत्रका सुन्तला त्यो क्षेत्रमा कम बिक्री हुने गरेको सुन्तला व्यापारी श्यामकृष्ण अधिकारीले बताए ।

पोखराका तरकारी तथा फलफूल बजारस्थलमा यतिबेला सुन्तलाका थुप्रा त देखिन्छन् तर ती सुन्तलाको रसिलोपन भने प्रतिवर्ष घट्दै गएको छ । यहाँका व्यापारीले ती सुन्तला तराईको पूर्वी क्षेत्र काँकडभिट्टा, विर्तामोड, चारआली, दमक, लहान, पर्सा, हेटौँडाल, काठमाडौँलगायत बजारमा थोक रुपमा बिक्री गर्न छानेर लाने गर्छन् ।

तराईका जिल्लामा सुन्तला नपाइने भएकाले पनि व्यापारीले पोखराको भन्दा बढी मूल्यमा बिक्री गर्ने गरेका छन् । पोखराबाट वर्षेनी रु २० देखि २५ करोड मूल्यको सुन्तला बिक्री हुने गरेको व्यापारी बताउँछन् । सुन्तलाको सानो दानाको कारण कहिलेकाही घाटा पनि हुने गरेको व्यापारी रमेश रायमाझीले बताए । राम्रो सुन्तला प्रतिकिलो रु ७० मा बिक्री हुन्छ तर सानो दानाको मूल्य ठूला व्यापारीले प्रतिकिलो रु २५ निर्धारण गर्दा नोक्सान व्यहोर्नुपरेको बताए। सुन्तलाको पहिचान गर्न नसक्दा घाटा हुने सम्भावना रहन्छ, रायमाझीले भने, “किसानले बिक्री गर्ने मूल्य र उपभोक्ताले खरिद गर्ने मूल्यमा अन्तर बढी हुँदा पनि नोक्सान हुने गर्छ ।”

सुन्तला बोटमै पाक्न पाउँदैनन् । फलमा बाँदर लाग्ने भएकाले किसानले हरिया हुँदै टिप्ने भएकाले स्वादिला सुन्तला बजारमा आउएका छैनन्, केही समय सुन्तला बोटमै राख्न सकिएको खण्डमा स्वादिला सुन्तला बजारमा आउने व्यापारी रायमाझीको भनाइ छ ।

घमाइलो ठाउँमा फल्ने सुन्तलामा पातलो बोक्रो हुने र रसिलोसँगै गुलियो हुँदा उपभोक्ताको रोजाइमा पर्ने गरेको तरकारी तथा फलफूल बजारस्थल सञ्चालक समितिका रुपा जिसीले बताए । सुन्तलाका लागि धेरै समय खर्च गर्न नपर्ने र बजारको पनि समस्या नहुँदा अधिकांश किसानले धान, कोदो, मकै लगाउने खेतबारीमा सुन्तला नै लगाउन थालेको जानकारी जिसीले दिए । नगदे बाली सुुन्तला खेतीलाई व्यावसायिक रूपमा प्रवर्द्धन गर्न सकेमा गण्डकी प्रदेशका किसानको जीवनस्तरमा सुधार आउने विश्वास गरिएको छ ।

नेपालमा उत्पादित सुन्तलालाई प्राविधिक रूपमा परीक्षण गरी शीत भण्डारमा राख्न सकिएमा अर्बौँ मूल्यको सुन्तला आयातलाई प्रतिस्थापन गर्न सकिने जिसीले बताए ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ८ : २९ बजे

प्रदीप यादव स्वास्थ्यमन्त्रीमा नियुक्त, राष्ट्रपतिले दिलाए शपथ

नवगठित जनता समाजवादी पार्टीका सांसद प्रदीप यादव स्वास्थ्य तथा जनसङ्ख्या

भुटानी जेलका राजबन्दी रिहाइ माग गर्दै हेगमा प्रदर्शन

काठमाडौं- भुटानका राजबन्दीहरुको रिहाइका लागि विश्वव्यापी अभियान (ग्लेबल क्याम्पेन फर

सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान

काठमाडौं– अस्ट्रेलियाको मुद्रास्फीति दर सन् २०२४ को अन्त्यसम्ममा केन्द्रीय बैंकको

ओलम्पिकमा छनौट भएका प्रिन्सको तयारी बारे घिसिङको चासो

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले पेरिस

मनसुनजन्य विपद्को पूर्वतयारी आवश्यक : मन्त्री बस्नेत

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मनसुनजन्य विपद् व्यवस्थापनका