अष्ट्रेलियामा दुई वटा हेलिकोप्टर ठोकिँदा चार जनाको मृत्यु « Khabarhub

अष्ट्रेलियामा दुई वटा हेलिकोप्टर ठोकिँदा चार जनाको मृत्यु


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सिड्नी – अष्ट्रेलियाको दक्षिण बन्दरगाहको गोल्ड कोस्टमा आकाशमा दुई वटा हेलिकोप्टर ठोकिँदा चार जनाको मृत्यु भएको छ।

दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्। एउटा हेलिकोप्टर तटबाट केही फिट नजिकैको बालुवमाथि उत्तानो परेको थियो।

‘दुर्घटनाका कारण चार जनाले ज्यान गुमाएका छन् भने तीन जना गम्भीर छन्’ क्विन्सल्यान्डका प्रहरी सेवाका कार्यवहाक निरीक्षक ग्यारी वोरिलले भने।

त्यस्तै दुर्घटनाग्रस्त हेलिकोप्टका पंखाहरु केही टाढा उछिट्टिएका थिए। दुर्घटना लगत्तै घटनास्थलमा उद्दार टोली र प्रहरी परिचालन गरिएको थियो।

घटनाबारे अस्ट्रेलियाको यातायात सुरक्षा व्युरोले अनुसन्धान सुरु गरेको छ।

दुर्घटनालाई ब्यूरोले ‘मध्य आकाशमा ठोक्काइ’ भनेको छ। यसैबीच, अनुसन्धानकर्ताले दुर्घटनाग्रसत हेलिकोप्टरको भग्नावेशषको जाँच गरेका छन्।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ६ : ५० बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र