आजदेखि उमा खुला राष्ट्रिय कराँते प्रतियोगिता | Khabarhub Khabarhub

आजदेखि उमा खुला राष्ट्रिय कराँते प्रतियोगिता


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल गोजुकाई कराँते डो संघको आयोजनामा उमा खुला राष्ट्रिय कराते च्यामिपयनसिपको दोस्रो संस्करण आव मंगलबारदेखि सुरु हुँदैछ।

वर्ल्ड युनाइटेड मार्सल आर्टस् (उमा)बाट मान्यता प्राप्त गोजुकाई कराँतेले हरेक वर्ष देशभरका खेलाडीको सहभागितामा राष्ट्रिय प्रतियोगिता गर्ने उद्देश्यअनुसार आज र भोलि दोस्रो संस्करण आयोजना गर्न लागिएको संघका उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक अच्युतराज उप्रेतीले जानकारी दिए।

स्मार्ट पार्टी प्यालेस चाबहिलको हलमा सञ्चालन हुने प्रतियोगितामा देशभरका जिल्ला र डोजाङबाट २५० भन्दा बढी खेलाडीको सहभागिता रहने संघले जनाएको छ।

प्रतियोगितामा महिला र पुरुषतर्फ ८-८ तौल समूहमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा २९ केजीमूनि, ३४ केजीमूनि, ३९ केजीमूनि, ४४ केजीमूनि, ४९ केजीमूनि, ५४ केजीमूनि, ५९ केजीमूनि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ। ६० केजीमाथि तौलसमूहमा भने खुला प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक उप्रेतीले बताए।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ७ : २५ बजे

संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल गरिने

काठमाडौं– संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज

यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका र चीनको सहमतिले युरोपको शेयर बजार सकारात्मक 

जुरिच– अमेरिका र चीनबीच ‘ट्यारिफ’ (भन्सार ) शुल्क समायोजन गर्ने  सहमति

हमासले अपहरण गरेका इजरायली–अमेरिकी नागरिक अलेक्जेन्डर १९ महिनापछि रिहा

जेरुसेलम– हमासले अपहरण गरेको १९ महिनापछि इजरायली–अमेरिकी नागरिक एडन अलेक्जेन्डर

पूर्वाधार विकाससहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ ।