किमले किन गरे दोस्रो शक्तिशाली सैन्य अधिकारीलाई पदमुक्त ? « Khabarhub

किमले किन गरे दोस्रो शक्तिशाली सैन्य अधिकारीलाई पदमुक्त ?


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सीउल – उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली सञ्चार माध्यमहरूले जनाएका छन्।

सत्तारुढ वर्कस पार्टीको केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष र पार्टी केन्द्रीय समितिका सचिव पाकको स्थानमा रि योङ गिललाई चयन गरेको छ।

गत साता समितिको वार्षिक वैठकमा रिलाई नियुक्त गरिएको उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ।

चोनलाई हटाउनुको कारण खुलाइएको छैन्। प्योङयाङले नियमित रूपमा आफ्नो नेतृत्वलाई परिमार्जन गर्छ र वर्षको अन्त्यमा हुने पार्टी भेलालाई प्रायः कर्मचारी फेरबदल र प्रमुख नीतिगत निर्णयहरू घोषणा गर्न प्रयोग गरिन्छ।

सरकारी टेलिभिजनले बैठकको क्रममा पाक टाउको झुकाएर पोडियमको अगाडिको पङ्क्तिमा बसेको देखिन्छन् भने अन्य सदस्यहरूले व्यक्तिगत मुद्दामा मतदान गर्न हात उठाएका छन्। पछि उनको सिट खाली देखाइएको थियो।

किमको नयाँ वर्षको दिन आधिकारिक केसीएनए समाचार एजेन्सीले सामेबार जारी गरेको तस्बिरमा पनि उनी अनुपस्थित थिए।

उक्त दिन किम आफ्ना हजुरबुका र बुबाको शव राखिएको कुमसुसन प्यालेस अफ सनमा पुगेका थिए।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ७ : ४७ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।