किमले किन गरे दोस्रो शक्तिशाली सैन्य अधिकारीलाई पदमुक्त ? « Khabarhub

किमले किन गरे दोस्रो शक्तिशाली सैन्य अधिकारीलाई पदमुक्त ?


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सीउल – उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली सञ्चार माध्यमहरूले जनाएका छन्।

सत्तारुढ वर्कस पार्टीको केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष र पार्टी केन्द्रीय समितिका सचिव पाकको स्थानमा रि योङ गिललाई चयन गरेको छ।

गत साता समितिको वार्षिक वैठकमा रिलाई नियुक्त गरिएको उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ।

चोनलाई हटाउनुको कारण खुलाइएको छैन्। प्योङयाङले नियमित रूपमा आफ्नो नेतृत्वलाई परिमार्जन गर्छ र वर्षको अन्त्यमा हुने पार्टी भेलालाई प्रायः कर्मचारी फेरबदल र प्रमुख नीतिगत निर्णयहरू घोषणा गर्न प्रयोग गरिन्छ।

सरकारी टेलिभिजनले बैठकको क्रममा पाक टाउको झुकाएर पोडियमको अगाडिको पङ्क्तिमा बसेको देखिन्छन् भने अन्य सदस्यहरूले व्यक्तिगत मुद्दामा मतदान गर्न हात उठाएका छन्। पछि उनको सिट खाली देखाइएको थियो।

किमको नयाँ वर्षको दिन आधिकारिक केसीएनए समाचार एजेन्सीले सामेबार जारी गरेको तस्बिरमा पनि उनी अनुपस्थित थिए।

उक्त दिन किम आफ्ना हजुरबुका र बुबाको शव राखिएको कुमसुसन प्यालेस अफ सनमा पुगेका थिए।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ७ : ४७ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ– माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति आचार्यको सालिक पुनर्निर्माण सुरु

खोटाङ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुननिृर्माणको काम सुरु

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका