अग्लो व्यक्तिको कीर्तिमान | Khabarhub Khabarhub

अग्लो व्यक्तिको कीर्तिमान

शारिरीक बनावटले आश्चर्यमा पार्ने घानाका २९ वर्षीय अब्दुलको कथा


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

उत्तरी घानाको एउटा अस्पतालमा २९ वर्षीय सुलेमान अब्दुल समिदको उचाइ नापिएको थियो । उनको उचाइ थियो, ९ फिट ६ इन्च । यो संसारमा अहिलेसम्म जन्मिएका मानिसको बीचमा सबै भन्दा धेरै उचाइको कीर्तिमान पनि हुन सक्थ्यो । तर, यो पर्याप्त भने थिएन, किनकी सामान्य क्लिनिकमा लिएको नापलाई औपचारिक मान्न कठिन थियो ।

केही वर्षदेखि उनलाई निगरानीमा राखिएको थियो । नाप्ने समयमा रडमा सिधा उभिन नै नसक्ने भएका कारण उभिन कठिन थियो । धेरै अस्पतालमा उनको उचाइ अनुसार रड नै थिएन ।

उनको नाम अउचे राखिएको छ । घानाको स्थानीय भाषामा अउचेको मतलब लेट्स गो हो । उनी अग्लो हुनु मात्र आश्चर्य होइन । उनको हरेक दिन उचाइ बढी रहेको छ ।

उनको उचाइ मापन अहिले पनि धेरैका लागि समस्याको विषय हो । स्थानीय स्वास्थ्य केन्द्रका नर्सले नै उनको उचाइको रहस्य पत्ता लगाउन अन्य धेरै व्यक्तिलाई बोलाएका थिए ।

एक व्यक्तिको उनको बारेमा अचम्मको अनुभव छ । केही महिना अघि उत्तरी घानामा पुग्दा अउचेको उचाइ कुनै टेपले नापिएको थिएन । त्यो समयमा १६ फिटको टेपले उसको उचाइ लिन कठिन भएको थियो । उनलाई भित्तामा टँसाएर भित्ताको कुन स्थानमा उनी पुग्दा रहेछन् भनेर हेर्ने नयाँ उपाय अपनाइएको थियो । अउचेलाई त्यो मापन पनि पूर्ण लागेन । त्यहाँबाट पर कुनै घरको पर्खाल उनको उचाइ नाप्नका लागि उपयुक्त ठहर भएको थियो ।

स्थानीय कारको टायरबाट बनाइएको चप्पल फुकालेर उनी उचाइ नाप्न तयार भएका थिए । त्यो चप्पल पनि बजारमा उनको लागि उपयुक्त साइजको नपाइएपछि स्थानीयहरूले हातैले बनाएका हुन् ।

उनको उचाइ लिनका लागि एक जना छिमेकीले स्टुलको व्यवस्था गरेका थिए । त्यसपछि चिनो लगाइएको स्थानमा टेपले नापिएको थियो। सो समयमा उनको उचाइ तय भएको थियो, ७ फिट ४ इन्च । अहिले संसारका रहेका सबै भन्दा अग्लो मानिसको बारे उनको चर्चा हुन थालेको छ । संसारका सबैभन्दा अग्ला मानिसको उचाइ ८ फिट २.८ इन्च थियो । त्यो उचाइ टर्कीका ४० वर्षीय सुल्तान कोसनेको हो । गीनीज बुक अफ वर्ल्ड रेकर्डमा उनकै नाम छ ।

केही महिना अगाडि नै उनले आफू बढी रहेको तथा कुनै दिन त्यो कीर्तिमान आफैले भङ्ग गर्ने योजना बनाएको कुरा भनेका थिए । प्रत्येक तीन या चार महिनामा उनलाई देख्नेहरूले पक्कै पनि केही फरक पाउने गरेका थिए ।

राजधानी अकारामा उनी २२ वर्षको भएदेखि बसोबास गरेका थिए । त्यसै समयदेखि नै उनको उचाइ यसैगरी बढी रहेको थियो । आफ्नो एक जना दाजु पनि त्यही भएका कारण उनी माध्यमिक तहको शिक्षा पुरा गरेपछि त्यहाँ गएका थिए । ड्राइभिङ प्रशिक्षणको तयारीका लागि उनले मासु बेच्ने काम गरी रहेका थिए ।

यसै काम गरीरहेको समयमा उनी एक दिन आश्चर्यमा परेका थिए । उनले आफ्नो जिब्रोले पनि सही काम नगरेको तथा श्वास प्रश्वासमा केही समस्या भएको जस्तो महसुस गरेका थिए । त्यसपछि उनी स्थानीय फार्मेसीमा औषधिका लागि गएका थिए । विस्तारै उनले आफ्नो शरीरको सबै भाग ठुलो हुँदै गएको महसुस गर्न थाले ।

यस पछि नै उनका आफन्त भेट्ने आएका थिए । ती सबैले भीमकाय स्वरूपमा उनी परिणत हुँदै गएको महसुस गर्न थालेका थिए। उचाइ बढेसँगै अन्य शारीरिक जटिलता देखिए पछि उनी चिकित्सकको निगरानीमा रहन सुरु गरेका थिए ।

तन्तुहरूको सन्तुलन मिल्न छाडेपछि उनमा ढाडको समस्या देखिन थालेको थियो । मरफान सिनड्रोमकै कारण उनी कुप्रो पर्न थालेका थिए। पछाडि फोको जस्तो भएको छ । यसले फोक्सो र श्वास प्रश्वासमा जटिलता देखिएको छ ।

उनको मुटुमा पनि जटिलता छ । यसरी दैनिक रूपमा हुने वृद्धिलाई रोक्नका लागि मस्तिष्कको शल्यक्रिया जरुरी रहेको चिकित्सकले बताइसकेका छन् । उनको आर्थिक अवस्था बलियो छैन । घानाको सामुदायिक स्वास्थ्य बिमाको रकमले पनि त्यो सम्भव देखिँदैन ।

स्वास्थ्य जटिलता कारण उनी ६ वर्ष अगाडि नै घर फर्किएका छन् । उनले ड्राइभर बन्ने सपनालाई तिलाञ्जलि दिई सकेका छन् । अहिले उनी कारमा सजिलो सँग बस्न पनि सक्दैनन् । त्यसो भएपछि गाडी चलाउन त परको कुरा भइसकेको छ । उनले दाजुसँग मिलेर केही ऋण खोजेर मोबाइल फोन मर्मत तथा विक्री गर्ने गरी गाउँमा सामान्य पसल खोलेका छन् ।

त्यसै उचाइले उनको सामाजिक जीवनलाई ध्वस्त बनाएको थियो । अन्य युवा जस्तै फुटबल खेल्ने र कुद्ने उनी अहिले ती कुनै पनि कुरा गर्न असमर्थ छन् । यस कारण उनको साथीसँगको घुलमिल समेत घटेको छ ।

समस्यामा चाङ उनीमाथि थपिएको छ । तथापि अउचे जीवन प्रति सकारात्मक छन् । स्थानीय स्तरमा उनी सेलीब्रेटी भएका छन् । उनलाई हेर्न आउनेको भीड लाग्ने गरेको छ । त्यसैलाई हेरेर उनी दङ्ग पर्ने गरेका छन् ।

उनीसँग फोटो खिचेर बस्नेको एउटा भीड लागेको छ । उनीसँग फोटो खिचाउन धेरै जना आउने गरेका छन् । उनको बारेमा धेरै मजाक गरेर गफ हुने गरेको छ । अउचे जो कोहीसँग नहिचकिचाई फोटो खिच्न चाहन्छन् ।

यस परिस्थितिमा भावनात्मक रूपमा साथ दिएकोमा उनी आफ्नो परिवारप्रति आभारी छन् । खासमा उनी आफ्ना तीन दाजुभाइ प्रति विशेष कृतज्ञ छन् । उनका दाजु भाइ सामान्य छन् । उनी मात्र अग्ला भएका हुन् । उनलाई पनि अन्य व्यक्तिलाई झैँ विवाह गर्न र बाल बच्चा जन्माउन रहर नभएको होइन । तथापि, उनका लागि पहिला यी सबै समस्या समाधान गर्न जरुरी छ ।

उनको पहिलो प्राथमिकता केही रकम जम्मा गरे गोडाको प्लास्टिक सर्जरी गर्ने हो । यसपछि सामान्य हिँड्न सक्ने हुने हो । तर, चिकित्सकीय रूपले हेर्दा उनमा रहेका धेरै जटिलता समाधान गर्न त आवश्यक छ नै । अहिले उनी भगवान् प्रति भरोसा गर्न थालेका छन् । भगवानले यसै रूपमा जन्म दिएका कारण यसलाई स्वीकार गर्नुको विकल्प नभएको उनी बताउँछन् ।

घानाका अन्य विशेषता पनि संसारको मान चित्रमा छन् । सन् १९९२ मा बहुदलीय व्यवस्थाको स्थापनापछि यो पश्चिम अफ्रिकामा सबैभन्दा स्थायित्व भएको देशको रूपमा परिचित छ । कुनै समय गोल्डक्वेस्टको नाममा पनि चिनिने यो देश सन् १९५७ मा ब्रिटिस साम्राज्यबाट स्वतन्त्र भएको हो । यो देश अब संसारकै अग्लो व्यक्तिको देश पनि हुन सक्ने छ । यसका लागि केही औपचारिक प्रक्रिया पुरा गर्न जरुरी छ ।

सुन, कोका र पछिल्लो समय कर्नर स्टोनबाट निकालिने तेल घानाका मुख्य आम्दानीका श्रोत हुन । अहिले संसारका सबै भन्दा अग्लो व्यक्ति सुल्तान कोसन भए पनि हालसम्मकै सबै भन्दा अग्लो व्यक्ति भने अमेरिकाका रोबर्ट वाडल हुन् । उनी ८ फिट ११ इन्च अग्ला थिए ।

रोबर्टको पनि विशेषता के थियो भने उनी अन्य व्यक्ति झैँ सानै उमेरमा फरक र पृथक् व्यक्तिको रूपमा स्थापित भएका होइनन् । सामान्य तौल भएका उनी पाँच वर्षको उमेरमा ५ फिट ४ इन्चका भई सकेका थिए ।

अहिले घानाका युवाका लागि थुप्रै स्वास्थ्य जटिलता छन् । तर, हालसम्मकै अग्लो व्यक्तिको रूपमा इतिहास कायम गर्ने अवसर पनि छ । यसका लागि केबल औपचारिक प्रक्रिया बाँकी छ ।

(स्रोत : बीबीसी)

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ९ : ०५ बजे

दाङमा टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

देउखुरी– दाङमा टिपर र मोटरसाइकल एक-आपसमा ठोक्किँदा एकको मृत्यु भएको

भारतले गर्‍यो हवाई प्रतिरक्षा प्रणालीको सफल परीक्षण

एजेन्सी – भारतले हवाई प्रतिरक्षा प्रणालीको सफल परीक्षण गरेको छ

उत्तर कोरियाद्वारा दुई हवाई प्रतिरोधी क्षेप्यास्त्र परीक्षण

सियोल- उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले दुई नयाँ

मुग्लिन-पोखरा सडक : पूर्वी खण्डको म्याद चौथो पटक थपियो

दमौली– मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को चौथो पटक म्याद

५६ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र

कैलाली– कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कामा झण्डै ५६ वर्षअघि निर्माण गरिएको