राष्ट्रिय मुद्दामा सहमति जुटाएर अघि बढ्छौँ : महासचिव गुरुङ « Khabarhub

राष्ट्रिय मुद्दामा सहमति जुटाएर अघि बढ्छौँ : महासचिव गुरुङ


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङ्ले राष्ट्रिय मुद्दामा सबै दलबीच सहमति कायम गरेर अघि बढ्ने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले राष्ट्रिय मुद्दामा सरकार पक्ष र प्रतिपक्ष सबैसँग सहमति कायम गरेर अघि बढ्नुपर्ने बताए।

अहिलेको आवश्यकता भनेको राष्ट्रिय स्वाधीनताको रक्षाको, स्थिरता र स्थायित्व भएको भन्दै उनले यसका निम्ति सबै प्रकारका दलकाबीचमा सहमति र सहकार्यको खाँचो रहेको बताए। उनले भने, ‘यतिखेर सके सबै दलबीचमा राष्ट्रिय सहमति जुटाउन कोसिस गर्ने हो । विधिले सत्ता पक्ष र प्रतिपक्षको अङ्गिकार गरेको भए पनि एजेण्डागत आधारमा राष्ट्रिय सहमति जुटाउँदै अघि बढ्नुपर्छ ।’ मुलुक संकटको अवस्थामा रहेको भन्दै उनले अहिलेको राजनीतिक प्रणालीका प्रस्तावक र अगुवा एक भएर अघि बढ्नुपर्ने बताए।

देशमा वृहत शान्ति सम्झौताका समयमा सरकार पक्ष गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति भएको भन्दै उनले यी दुबैपक्ष सहमतिका साथ अघि बढ्नुपर्ने बताए। 

सिष्टमलाई भताभुङ्ग बनाउन खोज्नेविरुद्ध आफूहरूको लडाइँ रहेको बताउँदै उनले यही पद्धति अगिंकार गरेर निर्वाचनमा आएपछि कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने बताए । अहिलेको गठबन्धन मुलुकको आवश्यकताको हिसाबले बनेको उनको भनाइ थियो । उनले थपे ‘मुलुकमा स्थिरता र स्थायित्व कायम राख्दै मुलुकको स्वाधीनताको रक्षाका निम्ति बढीभन्दा बढी दलको आपसी सहमति र सद्भावकासाथ अघि बढ्ने समय आएको छ ।’

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ३ : २४ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल