अफगान प्रहरीको कारवाहीमा ४ अपहरणकारी मृत्यु, व्यापारीको उद्धार « Khabarhub

अफगान प्रहरीको कारवाहीमा ४ अपहरणकारी मृत्यु, व्यापारीको उद्धार


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगान प्रहरीले सोमबार अबेर राजधानी काबुलमा गरेको कारवाहीमा चार अपहरणकारीको मृत्यु भएको छ । अपहरणकारीले एक जना व्यापारीको अपहरणको प्रयास गरेपछि कारवाही गरिएको काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले मङ्गलबार बताएका छन् । कारवाहीपछि अपहरित व्यापारीको उद्धार गरिएको छ ।

अधिकारीका अनुसार अपहरणकारीहरूको समूहले सोमबार अबेर राति काबुल शहरको तैमानी क्षेत्रबाट एक व्यापारीलाई अपहरण गर्ने प्रयास गरिरहेको थियो । तर प्रहरीले चार अपहरणकारीलाई गोली हानेर व्यापारीलाई उद्धार गरेको थियो ।

तालिबानद्वारा सञ्चालित अफगानिस्तानको कार्यवाहक सरकारले मुलुकमा अपहरण, लागूऔषध ओसारपसार, सशस्त्र डकैती र आतङ्कवादी जस्ता अपराधी र गैरकानूनी गतिविधिहरूमाथि कारवाही गर्ने बाचा गरेको छ ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ७ : ५९ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको