ओली सत्ता र शक्ति गुमाउने पक्षमा छैनन् | Khabarhub Khabarhub

ओली सत्ता र शक्ति गुमाउने पक्षमा छैनन्

'कांग्रेस र एमालेले राष्ट्रपतिमा अर्को विद्या भण्डारी खोजेको भए त्यो गलत हुन्छ'


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

प्रचण्ड बहुमत पाएर बनेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार सय दिन नपुग्दै सत्तारुढ गठबन्धनमा सहभागी दल बीचमा खटपट सुरु भएको छ। यसले राजनीतिलाई दुर्घटनातर्फ धकेल्निे संकेत देखिन थालेका छन्। सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रवि लामिछानेको मन्त्री र संसद् पद जाने फैसला गरेपछि सरकारमा अझ खटपट बढेको छ। नागरिकता पुनः प्राप्त गरेपछि लामिछानेले आफूलाई गृहमन्त्रीमा फेरि नियुक्त गर्न अनुरोध गरिरहेका छन्। यो सवालमा प्रधानमन्त्री प्रचण्ड खुशी छैनन्। लामिछानेको मुद्दाको पूर्णपाठ नआएसम्म गृहको जिम्मेवारी आफैंले राख्ने योजनामा प्रधानमन्त्री छन्। राष्ट्रपतिमा नेकपा (एमाले)को दाबी छ। सत्ता गठबन्धनका बीचमा त्यही अनुसार सहमति भएको एमालेको दाबी छ। प्रचण्डले भने त्यसलाई इन्कार गरेको देखिन्छ। उनले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्नेमा जोड दिएका छन्। यस्तो परिवेशमा नेपालको राजनीति कसरी अगाडि बढ्छ। यसमा आधारित रहेर राजनीतिक विश्लेषक पुरञ्जन आचार्यसँग राजु थापाले गरेको कुराकानी सम्पादित अंश :

तपाईंलाई अहिलेको परिस्थिति हेर्दा मुलुक धराप तथा विखण्डनतर्फ अगाडि बढेको जस्तो लाग्छ ?
स्पष्ट रुपमा धराप उन्मुख भएको छ। धराप उन्मुख चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी केपी ओलीको गाइडलाइन्समा चल्दा भएको देखिन्छ। केपी ओलीकै गाइडेन्समा राष्ट्रिय स्वतन्त्र पार्टीले बार्गेनिङको हैसियत बनाएको छ।
केपी ओली आफैंले रवि लामिछानेलाई गृहमन्त्री बनाउनुस् भनेर प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएको कुरा छ। यस पछाडिको कारण के हो ?
त्यसमा म सत्यता देख्छु। रविलाई आफ्नो समर्थनमा राख्नु केपी ओलीको बाध्यता हो। गृह प्रशासन चाहिँ प्रचण्डलाई दिएर थप शक्तिशाली बनाउन केपी ओली चाहदैनन्। रविलाई केपी ओलीले आफ्नै पासमा राख्न चाहेको अवस्था छ। आफ्नो सहजको लागि मात्र एकलौटी बनाउन खोजेको देखिन्छ।
रवि लामिछानेको राहदानीमा पनि समस्या रहेका कुरा छन्। अब जिम्मेवारी दिन मिल्छ ?
यो कुरा भने आएको हो। तर अनुसन्धानमा नै जानु राम्रो होला जस्तो लाग्छ। त्यो हाम्रो काम पनि होइन। गृह प्रशासनको मान्छेले यस्ता कुराबाट आफूलाई क्लिन चिट नलिइकन कुनै कार्यमा नजाँदा राम्रो हुन्छ भन्ने लाग्छ। जसले नेपालको राजनीतिविरुद्ध लडेर नयाँ पार्टी गठन गरेर नयाँ उचाईमा पुगेको छ उसले आफूले सबै भन्दा पहिला स्टायान लिनुपर्ने ठाउँमा आफूले नै गैर जिम्मेवार भएर कहाँ हुन्छ। यो त गर्नै हुँदैन। आफूलाई सधै नैतिक रुपमा आम जनताको बीचमा पारदर्शी बनाएर राख्न सक्नुपर्छ।

प्रचाण्डले रविलाई गृह मन्त्रालयको जिम्मेवारी दिनसक्ने सम्भावना कतिको रहेको छ। अहिले रविले दबाब दिनु उपयुक्त हुन्छ कि हुँदैन ?
रवि लामिछाने अहिले सरकारमा जानु ठिक हुँदैन। गृह मन्त्रीको पद त नसोच्दा नै राम्रो होला। नेपाली कांग्रेस र एमालेबाट पनि नचलेको सरकार थियो। म विकल्प हुँ, म सुशासनमा ध्यान दिन्छु, विधिको शासनमा रहन्छु भनेर राजनीतिमा आएका व्यक्तिले विवाद हुने काम गर्नु हुँदैन। जसको राजनीतिक शासन तथा दर्शन नै छैन। पुराना पार्टीको निराशा र रवि लामिछानेको पार्टीको आशामा ठूलो अन्तर छ। रवि पहिला मिडियामा आएर राजनीतिमा लाग्नु एक राम्रो छाप छोडेको छ। उनले आफूलाई विवादमा राख्नु हुँदैन।

रवि राजनीतिमा टिकिराख्न कत्तिको सहज देख्नुहुन्छ ?
कुनै पनि कार्यमा सक्सेस हुन सजिलो छ। सक्सेसपछि मेन्टन गर्न र त्यसलाई अगाडि बढाउन अति नै गाह्रो हुन्छ। राजनीतिमा इमेजबाट सांसदमा पुग्न सकिन्छ। जनताको भोट लिन सकिन्छ। तर त्यसलाई कायम राख्न अर्को इभेन्ट गर्छु भन्दा पाइँदैन। त्यसको लागि आफ्नो व्यक्तित्व अति नै जरुरी रहेको छ।

रवि लामिछानेले सहि बाटोमा जाओस् भनेर गरिएको आलोचनालाई विरोधका रुपमा लिएको किन होला ?
आलोचना र निन्दाको बीचमा फरक हुन्छ। जस्तो म रवि लामिछानेको राम्रो पक्षको आलोचना गरिरहेको छु। उनका भक्तले यसलाई निन्दा भन्छन्। एक यस्तो समय थियो पृथ्वीनारायण शाहको एकीकरणको पनि आलोचना भएको थियो। सत्य सुन्न नचाहने मानिसको जमात रहेको छ। त्यो युवामा धेरै मात्रामा छ। त्यसबाट सबैले निस्कनु आवश्यक छ। अहिलेको समयमा रविलाई नेपाली जनताले हेर्न चाहेका छन्। नेपालको गरिबी र बेरोजगारीलाई ख्याल गर्नु आवस्यक छ। विभिन्न मानिसले रविको कारण नागरिकताको प्रमाण पाएका छन्। यसलाई सकारात्कम रुपमा हेर्नुपर्छ।

कतिपयले सर्वोच्च अदालतको फैसलालाई यो गठबन्धन तोड्ने अस्त्रको रुपमा लिएका छन्। यसमा कतिको सत्यता देख्नुहुन्छ ?
कुरो र कुलो जता लगे पनि जान्छ भन्ने उखान नै छ। त्यसलाई सकारात्मक रुपमा लिनु आवस्यक छ। व्यक्ति र राज्यको बीचमा विवाद उठ्यो। यो जे भएको छ मुलुक र रवि लामिछाने तथा सबैको लागि उत्तम र महत्वपूर्ण छ। जसको कारण समाजमा धेरै परिवर्तन गर्न जरुरी देखिन्छ। जसले हाम्रो संविधानको लागि पनि राम्रो भएको छ। सर्वोच्च अदालतमा अहिलेको अवस्थामा धेरै नभए पनि केही मात्रामा राम्रा व्यक्तिको आगमन भएको छ। त्यसले कसैलाई अन्याय गर्दैन।

सांसद पद खारेज गरेर अन्याय भयो भन्ने पनि सुनिन्छ। यसमा तपाईं के भन्नुहुन्छ ?
कतिपय मानिसलाई यस्तो कुरा बुझ्न पनि आवस्यक नरहेको अवस्था छ । समाजमा वेथिति ल्याउने खालको मानिसको पनि कहिलेकाही आगमन हुन्छ। जसकारण आफू व्यक्तिको विकास होइन समाज, देश, जनताको भलाइको बारेमा सोच विचार गर्नु जरुरी छ।

राज्य नै कहिले पक्षमा र कहिले विपक्षमा यो गजबको सत्ता र शक्तिको खेल देखियो। तपाईंलाई के लाग्छ ?
यसले राज्यको चरित्रलाई जनाउछ। यो हामीले दुई वटा पुस्तक पढेको जस्तो मात्र हो। दोषी चस्मा, कालिदाको मृत्यु, सेतो बाघमा पनि यस्ता कुरा छन्। नेपालको राज्यको चरित्र कस्तो भने राणाले जस्तो बनाए त्यसमा नै अडिएको छ। हाम्रो समाजको अवस्था पनि एक नम्बरमा पर्छ। हामीले हाम्रो समाजलाई कुन रुपमा अध्ययन गरेका छौँ। त्यसमा आधारित हुनु आवस्यक छ। सविधान बुझेको हुनुपर्छ। राज्यको निकायका मान्छे आरोपित छन् भने क्लिन भएर आउनु जरुरी हुन्छ।

रविले गृहमन्त्रालय छोड्दै गर्दा ‘म अनागरिक भएँ’ किन भने ?
म भन्छु नेपाल दुई वटा छ। रविले एक घण्टा अनागरिक हुँदा कस्तो अनुभव भयो ? यो उनको अनुभव हो। धेरै जनताको यो अवस्था लामो समयदेखि नै छ। रविको भने चर्चामा आयो अन्य सबै असहज परिस्थितिमा गुज्रिएका छन्। राजनीति गर्ने भनेको दुःख पाउनु हो। नेताको पनि धेरै ठाउँमा चलखेल भएको देखिन्छ। अदालतको निर्णयलाई स्वीकार गर्नुको विकल्प छैन।

अहिले केपी ओलीलाई सत्ता फुत्किन्छ भन्ने डर छ हो ?
त्यो डर धेरै मात्रामा छ। फेरि केपी ओली सत्ता शक्ति गुमाउन चाहनु हुन्छ जस्तो मलाई लाग्दैन। पहिले एकपल्ट गुमाई सक्नु भएको छ। दोस्रो पल्ट विघटन गरेर सातै वटा प्रदेश सरकार बनेको छ। त्यसमा सबै भन्दा फाइदा एमालेलाई भएको छ।

कांग्रेसको हुस्सु पनका कारण सत्ता गुमेको भनिन्छ कारण के हो ?
कांग्रेसलाई मात्र पनि दोष दिनु आवस्यक छैन। यसमा शेरबहादुर देउवाको हुस्सुपन रहेको हो। नेपाली कांग्रेसमा हुस्सुपन शेरबहादुरले गरेर आएको हो।

कांग्रेसले कस्तो खालको लोकतन्त्र ल्याउन खोजेको छ। कांग्रेस सबैतिर गलत रहेको अवस्था हो ?
यो पनि आधा सत्य हो। कतिपय ठाउँमा कांग्रेस गलत छ। तर सबै ठाउँमा भने होइन। कांग्रेसले आफूलाई प्रतिपक्षको हैसियत भने छैन। प्रतिपक्षयको भूमिका भने माग्ने दोधारे चरित्र देखिन्छ। अहिले अब कांग्रेसले प्रतिपक्षको भूमिका भने खेल्न सक्छ।

राष्ट्रपति पदको दुरुपयोग गर्न सक्ने सम्भाव्यता रोक्न धेरै प्रयास भएको देखिन्छ। अब के गर्न सकिन्छ ?
आजको दिनमा विद्या भण्डारीको फोटोकपी नआओस् भन्ने मेरो धारणा रहेको छ। कांग्रेस नै राष्ट्रपति बनाउन खोजेको अवस्थामा पनि असम्भव रहेको छ। कांग्रेस र अन्य पक्षबाट सोच विचारका साथ अगाडि बढ्नु आवस्यक रहेको छ। कांग्रेस र एमालेले अर्को विद्या भण्डारी खोजेको हो भने त्यो गलत छ।

यो राष्ट्रपति निर्वाचनमा नेकपा (एमाले)ले जितेन भने सत्ता समीकरणको स्थिति के हुन्छ ?
एक शब्दमा भन्दा बदलिन्छ। यो शंका मान्नु पर्ने कुनै कुरा नै छैन। त्यहाँसम्म पुग्नु नै पर्दैन। सरकार भनेको देशको जगको रुपमा रहेको छ। त्यसलाई संरक्षण तथा जोगावटको रुपमा राख्नु पर्छ।

जनमत पार्टी र अरु पार्टीलाई समेटे पनि सरकारले सन्तुष्ट पार्न नसकेको अवस्था किन छ ?
सरकारको सुस्तता छ। विकास आयोजनामा ध्यान गएको छैन। बहुमत पुगेकाले तत्काल यो गठबन्धनलाई अन्य दलको आवश्यकता परेको देखिँदैन। तर अहिलेसम्म खल्लाखल्ला भए पनि राहदानी विभाग र यातायात कार्यालयमा सरकारको ध्यान पुगेको छैन। (एभिन्युजसँगको सहकार्यमा तयार पारिएको अन्तवार्ता)
प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  १० : ४६ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने